वित्तिय साक्षरता प्रशिक्षक तालीम सुरु


माघ ३, सुर्खेत ।
वित्तिय साक्षरता प्रशिक्षक प्रशिक्षण सम्बन्धी ५ दिने तालीम सुर्खेतको वीरेन्द्रनगरमा सोमबार देखि सुरु भएको छ । युएस.ए. आई.डिको आर्थिक सहयोग, पहल परियोजनाको व्यवस्थापन तथा सेवक संस्था दैलेखको  सहजीकरणमा तालिम सुरु भएको हो ।IMG_0730
सेवक संस्था दैलेखका अध्यक्ष महारुप खत्रीको सभापतित्वमा संचालित कार्यक्रममा पहल परियोजना सुर्खेतका जिल्ला संयोजक भिमराज वास्तोलाले स्वागत मन्तव्य सहित तालिमको बारेमा जानकारी दिएका थिए । यसै गरी मध्यपश्चिमाञ्चल क्षेत्रिय कृषि अनुकुलन बिशेषज्ञ प्रकाश केसीले पहल परियोजनाको बारेमा सहभागीहरुलाई जानकारी दिएका थिए भने बिपद जोखिम न्यूनिकरण अधिकृत डम्मर सुनार अथिति रहेको तालिममा, तालीमको सहजीकरण कृषि, स्वास्थ्य तथा बैकल्पिक जीविकोपार्जन प्रवद्र्धन कार्यक्रम (पहल)का क्षेत्रीय वित्तिय सेवा अधिकृत विश्व क्षेष्ठ, पहल कार्यक्रम दैलेखका वित्तिय सेवा अधिकृत सिपी शर्मा, पहल कार्यक्रम सुर्खेतका वित्तिय सेवा अधिकृत मिलन श्रेष्ठ र पहल कार्यक्रम जाजरकोटका अधिकृत निमबहादुर ड्यारले गर्ने आयोजकले जानकारी दिएको छ ।  तालीममा पहल परियोजना लागु भएका सुर्खेत,दैलेख र जाजरकोटका विभिन्न सहकारीबाट छनौट भई आएका २२ जना वित्तिय सहजकर्ताहरु सहभागी रहेका छन् ।IMG_0761