एउटै खुट्टाले साईकल चलाएर कैलालीदेखि रारा पुगे यामलाल


तस्विरःहिमालपत्र अनलाईन ।

सुर्खेत, १९ जेठ ।
एउटै खुट्टाले साइकल चलाएर प्रदेश नंम्बर ७ बाट एक साईकल यात्री कर्णाली प्रदेशको रारा पुगेका छन् ।
कैलालीको लम्कीदेखि राराको एकल साइकल यात्रा सुरु गरेका लम्की चुहा नगरपालिका १ लम्कीका यमराज रसाइली एकल यात्रा सुरु गरेको १३ दिनमा कर्णाली प्रदेशको पर्यटकीय स्थल रारा पुगेका हुन । उनले यही जेठ ४ गते लम्कीबाट साइकल यात्रा सुरु गरेका थिए । अपांगता भएका व्यक्तिहरुले पनि केही गर्न सक्छन भन्ने सन्देश दिनका लागि आफूले एकल साइकल यात्रा सुरु गरेको रसाइलीले बताए । यो यात्राबाट सबैको ध्यान आकर्षित भई अपांगता भएकाले पनि केही गर्न सक्छन भन्ने भावना जागोस भन्ने उद्देश्य हो ।’ उनले भने , प्रधानमन्त्री केपी शर्मा वलीले राराबाट भर्ना अभियान सुरु गर्नेक्रममा एक जना अपांगता भएका बालकलाई अपांग मैत्री विद्यालयको अभावमा भर्ना गर्न नसकेको समाचार पढेछि रारा जाने सुर जागेको उनले बताए । रारा पुगेर प्रधानमन्त्रीले भर्ना गर्न नसकेका बालक पुन्नबहादुर कुलालाई भेट्ने र विद्यालय भर्नाका लागि पहल गर्ने योजना रहेको पनि रसाइलीले जनाए ।
४० वर्षिय रसाईलीले चार वर्षको उमेरमा आफ्नो दायाँ खुट्टा गुमाएका थिए । उनले विगत २१ वर्षदेखि साईकल यात्रा गरिरहेको सुनाए । अहिलेसम्म नेपालका ३८ जिल्लाको साईकलबाटै भ्रमण गरेको र एक दिनमा दुई किलोमिटरसम्मको यात्रा गरेको रसाइलीले बताए । उनले २०५९ मा महाकालीदेखि मेची सम्मको साइकल यात्रा समेत गरेका थिए ।

साभारःहिमालपत्र अनलाईन ।