३ बैशाख, सुर्खेत । रुकुम पश्चिमवाट कोरोना भाईरस (कोभिड-१९) परिक्षणका लागि संकलन गरिएका ३९ वटा नमुना मध्ये २ जनाको रिपोर्ट संकास्पद देखिएको छ ।
शंकास्पद देखिएको २ जनाको थप परिक्षणका लागि पुनः स्वाव संकलन गरि केन्द्रीय प्रयोगशालामा पठाउन लागिएको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल जानकारी दिनुभएको छ।
शंकास्पद रिपोर्ट देखिएका दुवैजना केही समय अघि भारतवाट फर्केको र उनीहरुलाई रुकुम चौरजहारी सामुदायिक अस्पतालको आईशोलेशनमा राख्ने तयारी भईरहेको पनि उहाँले जानकारी दिनुभयो ।



Milan Shrestha । ३ बैशाख २०७७, बुधबार १७:३८ बजे