मुख्यमन्त्री शाहीद्वारा शोक व्यक्त



सुर्खेत, १६ मंसिर ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले हिजो (शनिवार) वीरेन्द्रनगर सुर्खेत भएको वस दुर्घटना र त्यसवाट भएको मानवीय क्षतिप्रति दुख व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री शाहीले केही समय यता भईरहेका श्रृंखलावद्ध दुर्घटनाहरु र त्यसवाट भईरहेको ठुलो मानवीय क्षतिले आफुलाई चिन्तित वनाएको बताउनुभएको छ ।

मुख्यमन्त्री शाहीले दुर्घटनावाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

यसैविच मुख्यमन्त्री शाहीले राती नै प्रदेश अस्पतालमा पुगेर दुर्घटनाका घाईतेहरुलाई भेटेरै स्वास्थ्यलाभको कामना गर्नुभएको छ । घाईतेका आफन्तहरुको अस्पतालद्वारा उपचारमा लापरवाही भएको गुणासो आएपछि मुख्यमन्त्री शाही अस्पताल पुगेर उपचारमा कुनै कमी आउन नदिन अस्पताल प्रशासनलाई निर्देशन दिनुभएको छ ।