कोरोना संक्रमितको संख्या ५७ पुग्यो


१७ बैशाख, सुर्खेत । आज बारा र पर्सामा गरी नयाँ ३ जनामा कोरोना भाइरस (कोभिड -१९) को संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ ३ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमित नयाँ २ जना बारा र १ जना पर्साका रहेको बताइएको छ । संक्रमित ३ जना सिमरा उपमहानगरपालिकाका ४३ वर्षीय, सिम्रौनगढ नगरपालिकाका ३१ वर्षीय र वीरगञ्ज-२ छपकैयाका ४६ वर्षीय पुरुषहरू हुन् । तीनै जनामा तबलगी जमात धर्मिक सभामा सहभागी भएर फर्किएको पाइएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । भने १६ जना संक्रमण मुक्त भैसकेकाछन् ।