
मिलन श्रेष्ठ
सुर्खेत, १८ वैशाख । कोरोना भाइरस (कोभिड-१९)को महामारीले देश लकडाउनमा भएको बेला कर्णाली प्रदेशमा कार्यरत हाडजोर्नी, बाथ तथा नशा रोग विशेषज्ञ डा. शुभ श्रेष्ठले घरमै बसेर सेवा लिनका लागी अनुरोध गर्नु भएको छ ।
स्वास्थ्य सेवा परामर्शका लागि घरमै बसेर चिकित्सकहरुसँग फोनबाट परामर्श लिन सकिने भएको हो। प्रदेश अस्पताल सुर्खेतमा कार्यरत विशषज्ञ चिकित्सकहरुले फोनबाटै स्वास्थ्य परामर्श दिन थालेका हुन ।
आफुहरुलाई केही स्वास्थ्य समस्या भए सम्बन्धित डाक्टरहरुसँग फोन गरेर परामर्श लिन सकिने छ । कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशलाई लकडाउन गरेको छ । अस्पतालमा आपत्तकालिन सेवा बाहेक ओपिडी सेवा बन्द भएपछि स्वास्थ्य चेकजाँच गर्न अस्पताल आउने सहज वातावरण नभएकाले फोनबाटै भएपनि परामर्श थालिएको हाडजोर्नी, बाथ तथा नशा रोग विशेषज्ञ डा. शुभ श्रेष्ठले जानकारी दिनुभयो ।
अहिले सामान्य बिरामी पर्दा अस्पताल आउँदा धेरै खर्च लाग्ने र सवारी साधान सहज रुपमा उपलब्ध नहुने झन दुःख पाउने अवस्था सृजना भएपछि फोनबाट सेवा दिन थालिएको उहाँको भनाई छ । फोनबाट फरामर्श लिएर औषधि किनेर खान सकिने उहाँले बताउनुभयो । ‘अहिले कोरोना त्रास र लकडाउनका कारण अस्पताल आउने सहज वातावरण पनि छैन । केही सजिलो होला भनेर हामीले स्वइच्छाले नै फोनबाट परामर्श लिन थालेका हौँ । जहाँबाट पनि जति बेला पनि हामीलाई फोन गर्दा हुन्छ । सामान्य बिरामीका लागि धेरै खर्च गरेर अस्पताल नआउनुस् ।’
उहाँका अनुसार सर्जन विशेषज्ञ डा. सोजन सापकोटा, मन रोग बिशेषज्ञ डा. सुशिल समदर्शी, हाडजोर्नी, बाथ तथा नशा रोग विशेषज्ञ डा. शुभ श्रेष्ठ, बाल रोग विशेषज्ञ डा. प्रतिप पौडेल, फिजिसियन डा. सन्जिब भण्डारी र छाला तथा योन रोग विशेषज्ञ डा. प्रभात सिंह राजपुतले फोनबाट सेवा दिइरहनुभएको छ ।
डाक्टरहरुको सम्पर्क मोबाइल नम्बरहरु
१) सर्जन विशेषज्ञ डा. सोजन सापकोटा
९८४१६५७४५२
२) मनरोग विशेषज्ञ डा. सुशिल समदर्शी
९८४१२८२६७४
३) हाडजोर्नी, बाथ तथा नशा रोग विशेषज्ञ डा. शुभ श्रेष्ठ
९८०२९७७५७६
४) बाल रोग विशेषज्ञ डा. प्रतिप पौडेल
९८०७३२०६७९
५) फजिसियन डा. सन्जिब भण्डारी
९८४०००१५००
६) छाला तथा यौन रोग विशेषज्ञ प्रभात सिंह राजपुत
९८६०१८४१४६



Milan Shrestha । १८ बैशाख २०७७, बिहीबार १०:१५ बजे