“साझा घर नेपाल”लाई सहयोग रकम हस्तान्तरण


१ भाद्र, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर लाटीकोइलीमा रहेर असहाय अशक्त वृद्धवृद्धा देखि बालबालिका, अपांगता भएका, बेसहाराहरुकालागि काम गर्दै आएको साझा घर नेपाललाई सुर्खेत महिला जेसीज बर्ष २०२० का महासचिव मनिषा कौशलले केही रकम सहयोग गर्नुभएको छ ।

कौशलले विभिन्न व्यक्तिहरुको सहयोगमा साझा घर नेपाललाई नगद रु २३ हजार २ सय सहयोग गर्नुभएको हो । उहाँ भन्नुहुन्छ “मैले त्यहाँ आश्रित आमाबुवा तथा भाइबहिनीहरुको अवस्था देखिपछि हामी यूवाले नै केही गर्नुपर्छ भनेर रकम संकलन गरेर सहयोग गरेकी हुँ ।”

कौशलले लक्ष्मी गुरुङ्बाट १ हजार, रोशन तिवारीबाट ३ हजार २ सय, सुमित बराईलीबाट २ हजार, कुमार विश्वकर्माबाट ५ हजार, जमुना विकबाट ५ सय, वसन्त परियारबाट १ हजार, यमुना श्रेष्ठबाट १ हजार, पुष्पा ओलीबाट ५ सय, आदेश थापाबाट ५ सय, अमिर चन्दबाट ५, प्रकाश महतबाट १ हजार, दशरथ गिरीबाट ५ सय, गंगाधर पंगालीबाट ५ सय, दिपा ठकुरीबाट २ सय, सविना हमालबाट ३ सय, हिमाल गहतराजबाट १ हजार ५ सय, गणेश जाधवबाट ३ हजार र राजेन्द्र विकबाट ५ सय रकम संकलन गरि साझा घर नेपालका अध्यक्ष भिमबहादुर विश्वकर्मा महासचिव विनोद चौलागाईलाई हस्तान्तरण गर्नुभएको छ ।

सोही कार्यक्रममा मोन्टी व्यूटी पार्लरका प्रोप्राइटर तथा राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल कर्णाली प्रदेशका अध्यक्षका प्रमी शाक्यले साझा घर नेपालमा मनोरञ्जन गर्न सजिलो होस भनेर स्पीकर (बुफर) सहयोग गर्नुभएको छ । त्यस्तै काठमाण्डौं बाँसवारी निवासी नानु कोइरालले पनि २५ केजीको ३ बोरा चामल सहयोग गर्नुभएको छ ।

साझा घर नेपालमा हाल कर्णालीको हुम्ला, जुम्ला, कालिकोट, दैलेख र सुर्खेत त्यस्तै  सदुरपश्चिम प्रदेशको कैलालीका बालबालिका र बृद्ध सहित २४ आश्रित रहेको साझा घर नेपालका सेवक तपेन्द्र विश्वकर्माले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ “साझा घर नेपाललाई सहयोग गर्नुहुने सम्पूर्ण मनकारीदाताहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु । तपाइहरुको सहयोगले नै हामीले साझा घरलाई संचालन गरिरहेका छौं ।”