
मिलन श्रेष्ठ
२५,पुस सुर्खेत । सुर्खेत बहुउद्देश्यीयको सहकारी संस्थाले शनिवार(आज)सम्पन्न गरेको १९ औं बार्षिक साधारण सभामा, सभाका प्रमुख अथिती एवंम् नेपाल बहुयद्देश्यीय सहकारी संघका केन्द्रीय सदस्य चन्दबहादुर थानी ले उक्त कुरा बताउनु भएको हो । प्रमुख अथिती थानीका अनुशार, कहि नभएको जात्रा हाडि गाउमा भने झै, संसारका ठुला राज्यहरु अमेरिकामा सहकारीहरुका लागी कर निती छैन र सरकारले सहकारीहरुलाई कर लगाएको छैन, यसै गरी सहकारीको क्षेत्रमा अग्रगति लिईरहेका राज्यहरु भारत र श्रीलंकामा सहकारीहरुलाई कर लाग्दैन र सहकारी क्षेत्र बाट नै उल्लेखनिय योगदान प्राप्त गरेको बंगलादेशमा त ३ प्रतिशत मात्र कर लाग्द छ भने , नेपालका सहकारीहरुले मात्र किन यती कर तिनु पर्ने ।
प्रमुख अथिती थानीका अनुशार, नेपाल सरकारले राज्यको बिकास क्षेत्रका लागी सहकारीलाई मेरुदण्डका रुपमा लिएता पनि सहज तरिकाले कार्य गर्ने बातारण नभएको बताउनु भयो । सरकारले एकातीर सहकारी मार्फत देशलाई बिकास गर्न सकिने भन्ने धारण त राख्यो तर अर्काे तीर सहकारीका शेयर सदस्यहरुले आफ्नो एक छाक काटेर सहकारीमा जम्मा गरेको बचतका साथै शुद्ध सेवा भावना बाट संचालित भएको सदस्यलाई चर्को कर लगाएर ढांड सेक्ने कार्य गरको छ ।
थानीले भन्नु भयो सहकारी ऐन २०७४मा बहुउद्देश्यीय प्रकृतिका सहकारीहरुले ३० प्रतिशत कार्य बहुउद्देश्यीय अनुशार गर्नु पर्ने र ७० प्रतिशत कार्य बचत तथा ऋण गर्ने भनिएका पनि सहकारी नियमावली २०७५ पारित भएर आउदा ठिक त्यसको बिपरित भएर आयो, ३० प्रतिशत कार्य बहुउद्देश्यीय अनुशार गर्नु पर्नेमा ७० र ७० प्रतिशत कार्य बचत तथा ऋण गर्नेमा ३० प्रतिशत भएर आएकै कारण उक्त नियमावली त्रुतिपुर्ण भएको बताउनु भयो, उहांका अनुशार बहुउद्देश्यीय सहकारी संस्थाले कति ठाउमा कर तिर्ने यदि कर तिनुपर्ने भए हामी एकै ठाउमा एकै प्रणाली बाट तिर्दछौं ।

सुर्खेत बहुउद्देश्यीयको सहकारी संस्थाका अध्यक्ष गणेशकुमार बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा, कार्यक्रमका अथितीहरु एवंम् संस्थाका संरक्षक ध्रुबकुमार श्रेष्ठ, सल्लाहकारहरु झुपबहादुर बस्नेत, पदमबहादुर शाही लगाएतको उपस्थित रहेको थियो ।
यसै गरी सहकारीको १९ औं बार्षिक साधारण सभामा सभामा सभापति गणेशकुमार बस्नेतले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सहकारीका कोषाध्यक्ष सुरेशबहादुर गौतमले आर्थिक बर्ष २०७६÷०७७ को २९ रु करोड ८४ लाख ७० हजार ४ सय ८६रुपैयाको यर्थात कारोवारको प्रतिवेदन पेश गर्नु भएको थियो भने आगामी बर्ष २०७७÷०७८ का लागी रु४३ करोड, २९ लाख, ४२ हजार ५ सय ५४ रुपैया बराबरको प्रस्तावित आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । यसै गरी कर्जा— उपसमितीका संयोजक महेश्वर तिवारीले व्यवसायिक, कृषि तथा पशुपालन, घरायसी, खाता जमानी, औषधी उपचार र शैक्षिक क्षेत्रमा लगानी भएको कुल ९ करोड ९३ लाख १८ हजार कर्जा प्रतिवेदन पेश गर्नु भएको थियो ।
संस्थाका सचिव दिपेन्द्र ढकालले सहजीकरण गर्नु भएको १९ औं बार्षिक साधारण सभामा शिक्षा उप—समितीका संयोजक मिलन श्रेष्ठले शिक्षा प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितीका सदस्य नगेन्द्र चौलागाईले लेखा प्रतिवेदन पेश गर्नु भएको थियो ।
यसै गरी आर्थिक बर्ष २०७५÷२०७६ सालमा केन्द्रिय कार्यालय वीरेन्द्रनगरका असल बचतकर्ताको पुरुष तर्फ योगेश खत्री, महिला तर्फ योशदा थापा र सेवा केन्द्र मेहेलकुनाका पूरुष बचत सदस्य धनिराम पोख्ररेल यसै गरी महिला बचतकर्ता रेउकली वली लाई सम्मान पत्र सहित सम्मान गरिएको थियो भने असल ऋणको कारोवार गर्ने ऋणीहरु शेरबहादुर खड्का, पार्वती पुरी, बहादुरे सुनार र भद्रकला सुनार , सम्मान गरिएको थियो ।
सभामा संस्थाका शेयर सदस्य ज्युहरुको मृत्युको अवस्थामा प्रदान गर्दे आईरहेको राहत कोष वापत यस बर्ष स्वर्गिय पंचसिंह रोकाया खाम्पाका छोरा लक्ष्मण रोकायालाई रु ८० हजार, स्वर्गिय रामबहादुर थापा क्ष्ोत्रीकी धर्म पत्नी गंगा थापाालाई रु १० हजार, स्वर्गिय लालबहादुर विसिकी आमा देउकली बुढालाई रु १० हजारको चेक हस्तान्तरण गरिएको थियो ।



Milan Shrestha । २५ पुष २०७७, शनिबार १६:२५ बजे