
मिलन श्रेष्ठ
सुर्खेत,२४ आषाढ । एन्फाको बार्षिक कार्यक्र अन्तर्गत , सुर्खेत जिल्ला फुटबल संघको आयोजनामा यहि मिती २०७५ साल आषाढ १६ सुर्खैतको रंगशालामा संचालन भएको कर्णाली प्रदेशको वीरेन्द्रनगरमा एन्फा कप अन्तर बिधाल छात्र खेलको उपाधिसैनिक महाविधालयले हात पार्न सफल भएको छ ।
आज(सोमबार) सुर्खेतको रंगशालामा भएको सैनिक आवासिय महाविधालय र एसोएस हर्मनमाईनर बिच भएको खेलमा सैनिकले एसोएसलाई ० का बिरुद्ध ३ गोल गर्दे उपाधि जित्न सफल भएको हो । खेलको पहिलो हाफको ३९ औ मिनेट सम्मको खेल बराबरी भएता पनि खेलको ४० औं मिनेटमा सैनिकका प्रकाश आचार्य पहिलो गोल गर्दे खेललाई टिमलाई १–०को अग्रता दिलाएका थिए ।

पहिलो हाफ सम्मको खेलमा सैनिकले १ गोलको अग्रता रहेता पनि एसएसले राम्रो प्रदर्शन गर्दे खेललाई बराबरी गर्ने तर्फ लागेता पनि खेलको ५५ औं मिनेटमा जर्सिन नं.७ का अनिल के.सी.ले दिएको पासमा अनिल केसीले डिबक्सबाट गोल गर्दे आफ्नो टिमलाई २–० गोलको
अग्रता दिलाउन सफल भएका थिए । दोस्रो गोल पश्चात आफ्नो टिमलाई बराबरीमा पुर्याउने प्रयासमा रहेको एसोएसको रक्षा पंक्ति कम्जोर भएको फाईदा उठाउदै कमल
गुरुंगले खेलको ५८ औं मिनेटमा तेस्रो गोल गर्दे आफ्नो टिमलाई बिजयी बनाएका थिए ।

आज भएको फाईनल खेलमा एसोएसले कुल ३ वटा पहेलो कार्ड पाएको थियो भने सैनिक आवासिएले १ वटा पहलेलो कार्ड पाएको थियो । खेलको ७२औं मिनेटमा एसोएसका जर्सि नं.११ का खेलाडी कमल धामीलाई मुख्य रेफ्री सुमन जंग शाहीले रातो कार्ड दिदै खेल मैदानबाट बाहिर पठाएका थिए ।
समापन कार्यक्रमका प्रमुख अथिती वीरेन्द्रनगर नगरपालिकका प्रमुख देवकुमार सुवेदीले खेलको सम्बद्ध बिकासका लागि आफु लागि पर्ने बताउनु भयो । सुवदीका अनुशार खेल क्षेत्रलाई बिकास गर्नका लागि बार्षिक कार्यतालिका र कार्ययोजनाहरु ल्याएमा आफु वीरेन्द्रनगरको मात्र नभई समग्र कर्णाली प्रदेश खेल जगतलाई नै सहयोग गर्न तत्पर रहेको बताउनु भयो ।

सुर्खेत जिल्ला फुटबल संघ सुर्खेतका अध्यक्ष जनक रावलको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला खेलकुद बिकास समिती सुर्खेतका अध्यक्ष चन्द्रकुमार गिरीले बिजेता र उपविजेता दुबै टिमलाई बधाई व्यक्त गर्दे शुभकामना मन्तव्य राख्नु भएको थियो । सैनिक आवासिय महाविधालयका मेजर कर्मेन्द्र सिंह भाट, नेपाल बिधार्थी संघका केन्द्रिय सदस्य हरि शर्मा, एथ्लेटिक्स प्रशिक्षक रामबहादुर वली, तेक्न्दो प्रशिक्षक भुवन थापा, सुर्खेत जिल्ला फुटबल सघका निवर्तमा अध्यक्ष गोवद्र्धन ढकाल अतिथी रहेको कार्यक्रमको सहजीकरण सुर्खेत जिल्ला फुटबल संघका महासचिव गणेशबहादुर कार्कीका खेलको सहजीकरण गर्दे छात्र तर्फको खेलमा प्रथम हुने टिमसहित खेल अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले प्रदेश स्तरिय खेल खेल्ने छ भने प्रदेश स्तरिय खेलमा बिजेता भएको टिमले राष्ट्यि खेल खेल्ने जानकारी समेत दिनुभयो ।
यहि आषाढ १६ देखि संचालन भएको खेलमा कुल १८ टिमको सहभागीता रहेको थियो भेन फाईन खेलका मुख्य रेफ्री सुमनजंग शाही, सहायक रेफ्रीहरुमा मिरा थापा मगर, नारायण थापा रहेका थिए भने फोथ्र अफिसिएल रेफ्री अभिषेक सिंह ठकुरी रहेका थिए ।







Milan Shrestha । २५ असार २०७५, सोमबार १४:४७ बजे