२६ बैशाख, सुर्खेत । विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)को महामारीले देशलकडाउनमा छ । यही लकडाउनका वेला छिमेकी जिल्ला बाँकेको नेपालगंजमा कोरोनाका संक्रमित भेटिए संगै कर्णालीका सिमानाका यती वेला १ साताकालागि सिल गरिएको छ ।
कर्णाली प्रदेश भित्रिने मुख्यनाका बबईमा प्रदेश भित्रनकालागि यातायातका साधनको लर्को लागेको छ । सबै यातायातका साधन प्रदेश भित्रनकालागि जबरजस्ती र तछाड मछाडमा छन् । बबईमा रोकिएका यातायातका चालक सहचालकहरु कती सम्मको लापरवाही छन् भन्ने हामीले यहाँ एउटा भिडियो प्रस्तुत गरेका छौं । बबईको पुलमा सयौ टन भारी बोकेका ट्रकहरु यतीवेला रोकिएकाछन् । पुलमा यसरी गाडीहरु पार्किङ्ग गर्दा कस्तो असर पर्छ भन्ने सम्मको हेक्का छैन् केवल आफ्नो गन्तब्यमा जान आतुरछन् यातायातका साधन ।
धेरे भारवहन क्षमताका सवारीहरु यसरी पुल मै राखिदिने हो भने त्यो पुलको हालत के होला? सुरक्षाकर्मीले आग्रह गर्दा समेत नटेर्ने । नत सामाजिक दुरी नै कायम छ । यस्तो तरिकाले कसरी रोकथाम गर्न तर्फ लाग्न सकिन्छ त कोरोना भाइरसलाई?
बबईका जनताहरुले समेत कर्णाली प्रदेश सरकारले स्थापना गरेको हेल्पडेक्सका स्वास्थ्यकर्मीहरुलाई समेत अभद्र व्यवहार गर्ने गरेको हेल्पडेक्सका जीवानन्द पाण्डेले बताउनुभयो । उहाँ भन्नुहुन्छ “हामीलाई उता घासदाउरा गर्न जान नदिनेलाई हामीले पनि यता केही दिनुहुँदैन भन्छन् बबईका बासिन्दाय स्तो अवस्थामा काम गर्न निकै गाह्रो भएको छ ।”
Prawash Kumar Shakya । २६ बैशाख २०७७, शुक्रबार ११:१७ बजे