
मिलन श्रेष्ठ
२६, बैशाख, सुर्खेत । निहित फर्मास्युटिकल वीरेन्द्रनगर–०६ सुर्खेतका संचालक हेमन्त श्रेष्ठ र बिवेक श्रेष्ठले डिउटीमा खटिनु भएका सुरक्षाकर्मि र लाटीकोईली स्वास्थ्य चौकिलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गर्नु भएको छ ।
स्थानीय तहमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मिहरुलाई कोराना संक्रमण रोकथाममा सुरक्षात्मक सामग्रीहरुको अभाव भएका बेला श्रेष्ठ दाजुभाईले सहयोग गर्नु भएको हो । सामाजिक उत्तरदायित्व सहित कोरोना रोकथाममा स्थानीय सरकारको हौसला बढाउन स्वास्थ्य सामग्री प्रदान गरेको निहित फर्मास्युटिकल संचालक बिवेक श्रेष्ठ बताउनु भयो ।
लाटीकोईली स्वास्थ्य चौकीका प्रमुख नरेश्वरी शाहीले स्थानीय सरकारहरुले आफै खरिद गरि आवश्यकता अनुसार स्वास्थ्य सामग्रीहरु पर्याप्त मात्रामा उपलब्ध गराएता पनि दैनिक जसो प्रयोगमा आउने भएका कारण विभिन्न समयमा दाताहरुले सहयोग गर्नु भएको सामाग्रीहरुले अभाव नभएको बताउनु भयो । शाहिले स्वास्थ्य सामाग्री प्रदान गरेकोमा धन्यबाद व्यक्त गर्दे, प्राप्त सहयोगको सदुपयोग गरेर सुरक्षात्मक सामग्रीहरुको बन्दोबस्ती मिलाएको समेत बताउनु भयो ।
आज शुक्रबार वीरेन्द्रनगर नगरपालिका वडा नं.०९को डिउटीमा खटिनु भएका सुरक्षाकर्मि र लाटीकोईली स्वास्थ्य चौकिलाई, ज्वरो नाप्ने थर्मोमिटर १ थान, माक्स २ सय थान, सर्जिकल माक्स ५० थान, ग्लोब्स ३ सय थान र सेनिटाइजर १५ बोटल लगायतका स्वास्थ्य सामग्रीहरु सहयोग गरिएको छ ।




Milan Shrestha । २६ बैशाख २०७७, शुक्रबार १४:०२ बजे