नेपालगंजमा थप १ नयाँ कोरोना संक्रमित भेटिए


२६ बैशाख, सुर्खेत । विश्वव्यापी तिब्रगतीमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) बाट नेपालगंजमा थप १ जना नयाँ संक्रमित भेटिएको छ ।

भेरी अस्पतालको नेपालगंजमा परिक्षण गर्दा १६ बर्षका १ जनामा कोरोना भाइरसकको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको छ ।

यो संगै नेपालमा १०२ जनामा कोरोना संक्रमणको पुष्टी भैसकेको छ भने नेपालगंजमा संक्रमितको संख्या २४ पुगेको छ । त्यस्तै निको हुनेको संख्या ३० पुगेको मन्त्रालयले जनाएकव छ ।