७ दिने उधमशिलता विकास तालिम शुरु


mm

मिलन श्रेष्ठ

सुर्खेत, ३ भदौ । सोेमबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा सात दिने उधमशिलता सम्बन्धी तालिम सुरु भएको छ । यूएसे आईडिको आर्थिक सहयोग, पहल परियोजनाको व्यवस्थापन तथा सुन्दरनेपाल संस्थाको सहजिकरणमा सञ्चालित कृषि, स्वास्थ्य तथा बैकल्पीक जीविकोपार्जन प्रबर्धन कार्यक्रम(पहल)को आयोजनामा उक्त सात दिने तालिम सुरु भएको हो ।
परियोजना लागु भएका गाविस अन्तरर्गत सम्झौता भएका सहकारीहरु मध्य न्यून वस्ति साथै न्यून आए भएका महिलाहरुको समस्या, चुनौती तथा समाधानका विषयमा जानकारी गराई महिलाहरुलाई व्यवसायमा कसरी सफल बनाउने सहयोग पु¥याउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

तालिममा पहल परियोजना लागु भएका रजेना, धारापानी, लेखपराजुल, नेटा र काँफलकोट गाविसका सहकारीमा आवद्ध भएका सदस्यहरुको सहभागिता रहेको छ । साथै सोमबार नै पहल परियोजना लागुु भएका, १० सहकारीहरुका कार्य समितीका पदाधिकारीहरुलाई १ दिने लेखा परिक्षण सम्बन्धि कार्यशाला गोष्ठीको समेत आयोजना गरिएको बैकल्पिक जीविकोपार्जन अधिकृत मिलन श्रेष्ठले जानकारी दिए ।