उपचारका लागि ओम अस्पतालमा भर्ना भएका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको भेन्टिलेटर केहीबेर अघि झिकिएको छ।
शशांकका भतिजा सिद्धार्थ कोइरालाका अनुसार अहिले केही बेर अघि डाक्टरहरूले उनी खतरामुक्त भएको पनि बताएका छन्।
‘उहाँले आफैं अक्सिजन लिन थाल्नुभयो, मान्छे चिन्न थाल्नुभयो। हात चलाउने गर्न थाल्नु भएको छ,’ सिद्धार्थले भने।
शशांकलाई भेन्टिलेटरबाट निकालेपछि खुसी हुँदै शेखर कोइराला बाहिर निस्किएका छन्। ‘प्रेससँग अहिले डाक्टरले कुरा गर्नुहुन्छ, म अहिले केही बोल्दिन,’ कोइरलाले भने।
साभारः सेतोपाटी ।



Milan Shrestha । २३ असार २०७३, बिहीबार १०:१० बजे