२ बर्ष पछि विमा रकम हस्तान्तरण


मिलन श्रेष्ठ
५ फागुन बुधवार
एशियन लार्इफ इन्स्योरेन्स कम्पनि लिमिटेड शाखा कार्यालय सुर्खेतले बुधबार एक कार्यक्रमको आयोजना गरी वीमा रकम हस्तान्तरण गरेको छ । सामाजिक सुरक्षा र बचतको लागी वीमा गरौं भन्ने उद्देश्यका  साथ उक्त कार्यक्रम सम्पन्न भएको हो । एशियन लाइफ इन्स्योरेन्स कं.लि.सुर्खेत शाखा व्दारा जीवनवीमा गरेका वीरेन्द्रनगर १७ लाटीकोर्इली निवासी भुवन के.सीको २०७० साल असोज २२ गतेका दिन अचानक मृत्यु भएपछि  उनका श्रीमती कुन्ति केसीको निवेदन अनुशार मृतक भुवन केसीका हकवाला  छोरा बिक्रम केसीलार्इ ५३  हजार २ सय ४ रुपैंया जीवनवीमाको रकम प्रदान गरीएको हो ।
२०६५ साल माघमा रु.१ हजार ७ सय ८४ रुपैंया  किस्ता तिरेर मृतक केसीले एशियन लार्इफ इन्स्योरेन्स कम्पनी शाखा सुर्खेतमा जीवन वीमा गराउनुभएको थियो । कार्यक्रममा एशियन लार्इफ इन्स्योरेन्स कम्पनी शाखा सुर्खेतका  एजेन्सी म्यानेजर प्रवेशमान मानन्धरले, जीवनवीमाको खांचो सबैलार्इ रहेको र आजको बचतले भोलिलार्इ सहज पार्ने बताउँदै आउने अभिकर्ताहरुको कुरा राम्रोसंग बुझेर वीमा गर्नुपर्ने बताउनुभयो । त्यस्तै मृतकको परिवारलार्इ, यसरी आफ्नो व्यक्तिले जीवनवीमा गरी दिए वापत वीमावाट प्राप्त रकम नावालक छोराछोरीको शिक्षादिक्षा र उचित कार्यमा लगाउनु पर्ने समेत आग्रह गर्नुभयो ।
यसैगरि कार्यक्रममा एशियन लार्इफ इन्स्योरेन्स कम्पनीका बरिष्ठ प्रबन्धक विजय पराजुलीले जीवनवीमाको महत्वको बारेमा जानकारी गराउदै एशियन लार्इफ इन्स्योरेन्स कं.लि. शाखा सुर्खेतले  २०६५ साल देखि हालसम्म १२१ जनाको परिवारलार्इ जीवन वीमाको मृत्युदावी रकम वापत मृतका परिवारलार्इ विना झन्झट घर दैलोमा गर्इ सहज र सरल तरिकाबाट चेक हस्तान्तरण गरेको बताउनुभयो  । पराजुलीका अनुशार शाखा सुर्खेतले, सुर्खेत जिल्लामा मात्र नभर्इ जिल्ला बाहिरका अन्य जिल्लाहरु मुगु, जुम्ला, कालिकोट, जाजरकोट, दैलेख, अछाममा मृतका घरदैलो मै गर्इ चेक हस्तान्तरण गर्दे आर्इरहको बताउनुभयो ।
चेक हस्तान्तरण कार्यक्रममा चेक प्राप्त पश्चात मृतकका छोराले आफ्नो वुवाको मृत्य पछि आफु रोजगकारीका लागी मलेशिया गएको र आफुले पेश गरेको निवेदनका आधारमा वीमा वापतको रकम पाउने जानकारी पाए पछि अचम्मा परेको बताउनुभयो । शाखा सुर्खेतले आफु बिदेशमा भएको बेला पनि सम्पर्क गरी मलेशियामा नै खाता खोल्न आग्रह गरेको थियो, यदि मैले मलेशियामा नै खाता खोलेको भए वीमा वापतको रकम मलेशिया नै पठार्इदिने व्यवस्था शाखाले गरेता पनि आफु स्वदेशमै आएर रकम बुझ्दा घरपरिवारलार्इ पनि खुशी मिल्ने भए पछि आफु नेपाल आए लगतै बैंकमा खाता खोलेपछि बु्धवार उक्त रकम पाएको बताउनुभयो । यसै गरी मृतकी श्रीमतीले आफुले २०७० सालमा निवेदन दिएको र हकवालार्इ नै वीमा वापतको रकम दिने भएपछि केहि समय वीमा कम्पनीले आफुलार्इ झुक्याउनका लागी त्यसो गरेको होला भन्ने सोचेको थिए, तर बुधवार  २ बर्ष पछि यसरी कार्यालयमा नै वीमा रकम वापतको चेक  पाउदा वास्तवमा जीवन वीमा कम्पनीहरुले कुनै पनि कुरामा झुक्याउदो रहेन छ भन्ने लाग्यो  । वीमीतको मृत्यु पछि वीमा वापतको रकम पाउने भन्दैमा प्रक्रिया नपुगेको अवस्थामा पक्कै पनि केहि समय लाग्दो रहेछ, तर वीमा वापतको रकम भुक्तानी पाउन ढिलो भयो भन्दैमा गलत सोची हाल्नु नहुने बताउनुभयो ।