
२९ पौष, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा संचालित दुई यातायात संस्था एकआपसमा गाभिएका छन् ।
वीरेन्द्रनगरमा संचालित पब्लिक हिमाल यातायाता प्रा.लि. र बौद्ध यातायातात प्रा.लि. एकआपसमा गाभिएर संयुक्त रुपमा यातायात संचालन गर्ने बताइएको छ ।
बौद्ध यातायात प्रा.लि.का अध्यक्ष कमल गुरुङ्गले आफ्नो संस्थामा रहेका १ सय ४४ सवारीहरुलाई आज एक सम्झौता पत्रमा हस्ताक्षर गर्दै पब्लिक हिमाल यातायात प्रा.लि.मा समायोजन भएको बताउनुभयो । उहाँले भन्नुभयो “हामी यही माघ १ गतेबाट संयुक्तरुपमा यातायात संचालन गर्नेछौं ।
यस्तै पब्लिक हिमाल यातायात प्रालिका अध्यक्ष खगेन्द्रप्रसाद शर्माले यातायातको क्षेत्रमा पनि धेरै फूटको अवस्थाले सवारीधनीहरु धरासायी भैरेको महसुस गरि अब हामी फूटलाई त्यागेर एकजुट हुनुपर्छ भन्ने सन्देश बोकी दुई संस्थालाई समायोजन गरेको बताउनुभयो । उहाँ भन्नहुन्छ “यस्ले सवारीधनीहरुलाई धेरै राहत हुनेछ ।”



Prawash Kumar Shakya । २९ पुष २०७९, शुक्रबार २०:४४ बजे