
१ जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मकै रोप्नुभएको छ ।
मुख्यमन्त्री शाहीले प्रदेश सरकारको ‘जमिन बाँझो नराखौं, सक्नेलाई खेती गर्न दिऔं’ भन्ने नारा लिएर शुरु गरिएको कार्यक्रममा मकै रोपेर शुभारम्भ गर्नुभएको हो । उहाँले कर्णालीमा पहिले देखि नै खाद्य संकट रहदै आएको स्मरण गर्दै अब झन यो कोरोनाको महामारीले गर्दा झन भोकमरी हुने अवस्थालाई मध्यनजर गर्दै प्रदेश सरकारले जमिन बाँझो नराखौ भन्ने अभिप्रायले यो कार्यको शुरुवात गरेको बताउनुभयो ।

‘कृषिमा आत्म निर्भर बनाए मात्र कर्णालीलाई समृद्ध बन्ने छ त्यसैले जमिन बाँझो नराखौं ।’ मुख्यमन्त्री शाहीले भन्नुभयो । ‘कामकालागि सरकारले अपिल गर्ने हो त्यसमा जनताले साथ दिएर काम गर्नेपर्छ, यहाँ सबै सरकारले मात्र गर्नुपर्छ भन्ने नागरिकको बुझाई छ । उहाँले भन्नुभयो । ‘वीरेन्द्रनगर सुर्खेतका रहेका सरकारी बाँझो जमिनलाई समूह बनाएर आउनेलाई खेती गर्न दिने योजना सरकारको रहेको छ ।’
त्यस्तै कार्यक्रममा प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि मन्त्री विमला केसीले यती खेर प्रदेशमा ३५ हजार मेट्रिक टन खाद्य अभाव रहेकोले जमिन बाँझो नराख्न अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो ‘आत्मनिर्भर हुन जरुरी छ त्यसैले सरकारले अहिले दैलेख जिल्लामा २ सय रोपनी जमिनमा खेती गरेको छ’



Prawash Kumar Shakya । १ जेष्ठ २०७७, बिहीबार १२:३२ बजे