
निरकबहादुर शाही
८ असोज, सुर्खेत । यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेशले आजदेखि सवारी चालक अनुमति पत्र वितरण शुरु गरेको छ ।
यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेशमा स्थापनाभएपछि शुरु गरिएको नयाँ सवारी चालक अनुमति पत्रकालागि परिक्षा उतिर्ण भएकाहरुलाई आजबाट लाइसेन्स वितरण गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यातायात व्यवस्था कार्यालय भनेको अन्य कार्यालयहरु भन्दा निकै संवेदनशील कार्यालय भएको बताउँदै उहाँले “कुनैपनि काममा नागरिक खबरदारी गर्ने चेतना नभएसम्म सुधार र रुपान्तरण नहुने उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री शाहीले सेवामा ढिलासुस्ती हुन नदिनकालागि कर्णाली सरकार सुर्खेतमा नै लाइसेन्स प्रिन्ट गर्ने व्यवस्था गर्नेकालागि आवश्यक तयारीमा जुटेको बताउनुभयो ।



Prawash Kumar Shakya । ८ आश्विन २०७७, बिहीबार १३:०८ बजे