शिव महामहोत्सव २०७५मा करिब २८ लाख दान प्राप्त


१० श्रावण, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर ९ लाटिकोइली सुर्खेत स्थित ऐतिहासिक एवं प्राचिन शिव मन्दिरलाई प्रदेश कै समृद्ध (स्मार्ट) मन्दिर निर्माण गर्ने उदेश्यले संचालन भैरहेको “शिवमहापुराण, श्रावण मेला लाटिकोली सुर्खेत धार्मिक शिव महामहोत्सव २०७५” मा अहिले सम्म नगद रु ७ लाख ८२ हजार २ सय ६०  र आन्तरिक तर्फ रु १८ लाख रकम दान प्राप्त भएको महामहोत्सव सचिवालयले जनाएको छ ।

अहिले सम्ममा लाटिकोइलीका देवीराम ढकालले रु ३ लाख ३३ हजार ३ सय ३३, लाटिकोइली कै कर्णबहादुर श्रेष्ठले १ लाख १ हजार १ सय ११, सुमित्रादेवी जिसीले १ लाख १ हजार १ सय ५५, सानाकिसान कृषि सहकारी संस्था लि.ले १ लाख १ हजार ५ सय ५, दुर्गा खत्रीले १ लाख ५ हजार, शेरबहादुर भण्डारीले १ लाख १ हजार १ सय ५१ र मनबहादुर रावलले ३० हजार ५, ध्रुवकुमार श्रेष्ठ १ लाख १ हजार १ सय ११, गणेशबहादुर थापा ११ हजार १ सय ११, धनबहादुर रावत २५ हजार ५ सय ५५, नन्द भण्डारी ३१ हजार १ सय ५ र २५ हजार ५ रुपैया दान गर्नुभएको सचिवालय सचिव भक्तबहादुर थापाले बताउनुभयो ।

यही श्रावणको ७ गते सोमबारबाट शुरुभएको महामहोत्सवलाई कर्णाली प्रदेश प्रमुख दुर्गाकेशर खनालले उद्दघाटन गर्नुभएको थियो ।

महोत्सवमा संकल्पकर्ता श्री गोविन्द शरण महाराज जी हुनुहुन्छ । त्यस्तै कथावाचनमा श्री नारायण न्यौपाने रहनुभएको छ ।