
मिलन श्रेष्ठ
जेठ, ६सुर्खेत । राष्ट्रिय वाणिज्य बैंक शाखा सुुर्खेतमा हप्ताको चार दिन सेवा दिन थालेपछि सेवाग्राहीको भिड लाग्ने गरेको छ । कम जनशक्तिमा हप्तामा चार दिन मात्रै सेवा दिन थालेपछि भिड थेग्नै समस्या भएको हो । सुर्खेतका प्रबन्धक लिलाराम ढुङ्गानाले हप्तामा चार दिन संचालन गर्दा समस्या भएको बताउनुभयो ।
बैँकले अहिले आईतबार, मंगलबार, बुधबार र शुक्रबार बिहान १० बजे देखि २ बजेसम्म सेवा दिन थालेको छ । आज मात्रै पाँचसयको हारहारीमा सेवाग्राही थिए । सामाजिक दुरी कायम गर्ने भनिएपनि बैँक लागेको भिडले व्यवस्थापन गर्न समस्या भएको छ ।
सर्वसाधारणहरुका लागी विभिन्न संचारमाध्यमहरुबाट बैकको सेवा सुविधा लिनका लागी भौतिकरुपमा बैकमा नै जानु नपर्ने विभिन्न आर्थिक कारोवाहरु गर्नु पर्दा ई सेवा, मोबाईल बैंकिङ्ग र एटिएम कार्ड प्रयोग गरि सेवा सुविधा लिन सक्नु हुन्छ भनेर सुचना दिदा पनि सेवा ग्राहिहरु संख्यात्मक रुपमा बृद्धि भएका छन् ।

उहाँले ग्राहकलाई बैँक भित्र प्रवेश गर्दा पाँच जनालाई मात्र प्रवेश गर्न दिने, साबुन पानिले हात धुने र स्यानिटाइजर र एक मिटरको दुरी कायम गरेर सेवा दिने व्यवस्था गरिएको बताउनु भयो । यस अघि राष्ट्रिय वाणिज्य बैँकमा मात्र दैनिक तीनसयको हारहारीमा सेवाग्राही आउने गरेकोमा हप्ताको चार दिने सेवा दिने भने पछि आज ग्राहकहरु बिहानै ९ बजे देखि नै लाईनमा बसेका थिए भने ग्राहकहरुको लायन बैंकको भवन बाहिर बाटो सम्म थियो जसलाई नियन्त्रण गर्न प्रहरी समेत लाग्नु परेको थियो ।
कोरोना भाइसर रोकथाम र नियन्त्रणका लागि बैँकहरुले सर्तकता अपनाएर बैँकहरुले अत्यावश्कय रकम झिक्ने , जम्मा गर्ने र प्राथमिकताको आधारका सेवा दिइरहेका छन् ।



Milan Shrestha । ६ जेष्ठ २०७७, मंगलवार १६:४३ बजे