कोरोना संक्रमितको संख्या ४५७ पुग्यो (अपडेट)


कोरोना भाइरस (कोभिड-१९) को संक्रमण आज ३० जनामा भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ४ सय ५७ पुगेको हो ।

आज थपिएका सङ्क्रमितहरु मध्य झापा जिल्लाको कचनकवल गाँउपालिकाका २३ जनामा त्यस्तै रुपन्देही, दाङ, सुनसरी र धनकुटमा १/१ जनामा बाँकेमा २ जना ३२ बर्षका पुरुष र ४२ बर्षिय महिला र कपिलवस्तु शुद्धोधन गाँउपालिकाका १९ बर्षका पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म कोरोनाको संक्रमणबाट तीन जनाको ज्यान गएको छ आज ज्यान गुमाउने गुल्मीका संक्रमित हुनुहुन्छ ।