‘साहसी पाइलट’को शालिक राख्न सिफारिस


५ चैत्र, नेपालगन्ज— एयर काष्ठमण्डपको जहाज दुर्घटनामा ‘आफु मरेर यात्रु बचाउने’ पाइलट दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानाको योगदानको कदर गर्दै चोक नामाकरण तथा शालिक स्थापना गर्न सरकारलाई सिफारिस गरिएको छ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्तको अध्यक्षतामा बिहीबार स्थानीय प्रशासनमा सम्पन्न सर्वदलिय र सर्वपक्षिय बैठकले नेपालगन्ज–कोहलपुर सडक खण्डको राँझा विमानस्थलतर्फ जाने चोकलाई स्वर्गिय पाइलको नामाकरण गर्दै उक्त स्थानमा दुबै जनाको शालिक स्थापना गर्न सिफारिस गरिएको हो।
‘दुवै पाइलटको साहसीपुर्ण कामको कदर गर्दै चोकको नाम राख्ने र शालिक राख्न सर्वदलिय र सर्वपक्षिय रुपमा सरकारलाई सिफारिस गर्ने निर्णय गरिएको हो,’ प्रजिअ पन्तले नागरिकसँग भने।

नेपालगन्जबाट जुम्लाका लागि उडेको ढल्ब् व्द्य जहाज कालिकोटको चिलखाया–२ मा गत फागुन १४ गते दुर्घटनामा परेको थियो। जहाजमा प्राविधिक समस्या आएपछि आपतकालिन अवतरण गर्ने क्रममा २९ बर्षिय पाइलट दिनेश र २७ बर्षिय को–पाइलट सन्तोषको मृत्यु भएको थियो। जहाजमा सवार अन्य ९ जना यात्रुको भने ज्यान जोगिएको थियो।


साभारः नागरिक अनलाइन