कोपिला भ्यालीद्वारा पत्रकारहरुलाई मास्क र स्यानिटाजर हस्तान्तरण


१० जेठ, सुर्खेत । विश्वलाई नै आतंकित पार्दै तिब्रगतिमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)को रोकथाम एव नियन्त्रणका बारेमा नागरिकलाई जनचेतना तथा समाचार सम्प्रेषण गर्न अग्रपंक्तिमा खटिएर काम गर्ने पत्रकारहरुलाई माक्स र स्यानिटाइझर हस्तान्तरण गरिएको छ ।

कोपिला भ्याली सेवा समाज सुर्खेतले वीरेन्द्रनगर सुर्खेतमा रहेर कोरोनाको भाइरसको सूचना र समाचार जनमानसमा पुर्याउन अग्रपंक्तिमा खटिने पत्रकारहरुलाई माक्स वितरण गरेको हो ।

समाजका अध्यक्ष टोप बहादुर मल्लले नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेश कञ्चन भारतीलाई ६० थान माक्स र स्यानिटाइजर हस्तान्तरण गर्नुभएको छ । माक्स ग्रहण गर्दे पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेश कञ्चन भारतीले कोरोनाको यो महामारीमा अग्रपंक्तिमा खटिएर सूचना समाचार सम्प्रेषण गर्ने पत्रकारहरुको स्वास्थ्य सूरक्षालाई ध्यानमा राखेर कोपिला भ्यालीले गरेको कार्यको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो “हामी यो सामाग्री फिल्डमा खटिने पत्रकारहरुलाई दिनेछौं ।”