जनकबहादुर शाही
चैत्र ९, हुम्ला ।
दैबि प्रकोपमा परेका ब्यक्तिहरुलाई जिल्ला प्रशासन कार्यालयले राहत स्वरुप बितरण गरीने रकम गाँउपालिकाबाट बितरण गर्न शुरु गरको छ । राहत स्वरुप बितरण गरीने रकम अब गाँउपालिकाबाट बितरण गर्न शुरु गरेपछि बिकट बस्तिबाट हप्तादिन लगाएर क्षतिपुर्ती लिन जाने झन्झट हटेको छ ।
यसरी राहत लिन सदरमुकाम आउदा दैबि प्रकोप समितिबाट पाउने रकम भन्दा बढि खर्च हुने र घर फर्कदा उल्टै ऋणको भारी बोकेर घर फर्कनु पर्ने गुनासो आउन थाले पछि गाँउपालिकाबाटै बितराण गर्ने ब्यबस्था गरेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रशाद शर्माले जानकारी दिनुभयो ।
गत पौष १२ गते सर्केगाड गाँउपालिका वडा नं. ६ रोडिकोटको कार्किबाडाका आग्लागि पीडित २१ घरधुरीलाई प्रदान गरीने रकम सर्केगाड गाँउपालिकाबाट बितरण गरेर जिल्ला प्रशासन कार्यालय दैबि प्रकोप समितिले सुरुवात गरेको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमानसिंह धामीले जानकारी दिनुभयो ।
अब चाँडै ताँजाकोट गाँउपालिकाको घटमानामा भएको आगलागिबाट पीडित २२ घरधुरीको लागि दिईने राहत रकम पनि ताँजाकोट गाँउपालिका बाटै बितरण गर्ने ब्यबस्था गरीने प्रमुख जिल्ला अधिकारी शर्माको भनाई छ ।



Milan Shrestha । ९ चैत्र २०७४, शुक्रबार ११:३० बजे