
१९ जेठ, सुर्खेत । कोरोना भाइरस (कोभिड-१९)को जोखिम यतिवेदा कर्णाली प्रदेशको सबैभन्दा बढि दैलेख देखिएपछि कर्णाली प्रदेश सरकार जिल्लामा २ सय पचास बेडको आइसोलेसन बनाउन सुरु गर्ने भएको छ ।
प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलका अनुसार दैलेखको आठबीस नगरपालिकाको राकम कर्णालीमा पचास बेड, ठाँटीकाँध गाउँपालिकामा पचास बेड, दुल्लु अस्पतालमा पचास बेड, दैलेख अस्पतालमा पचास बेड र नौमुलेमा पचास बेड आइसोलेसन तयार गर्न लागिएको छ । ‘दैलेखमा कोरोनाको संक्रमणमा तिव्रता आएसँगै डाक्टरको दरवन्दी भएका स्वास्थ्य संस्थामा आइसोलेसन वेड स्थापना गर्ने भएका छौं ।’ मन्त्री रावलले भन्नुभयो, ‘पैसा जति लाग्छ सरकारले व्यहोर्ने गरी काम अघि बढ्छ ।’
Prawash Kumar Shakya । १९ जेष्ठ २०७७, सोमबार १२:५४ बजे