ओदा फाउण्डेशनद्वारा खाजा वितरण


ओदा

१९ जेठ, कालिकोट । विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)ले संसार भरी महामारी फैलाइ रहेको बेला ओदा फाउन्डेसन कालिकोटले भारतबाट कर्णाली प्रदेशको कालिकोटमा प्रबेश गरेका नागरिकहरुलाई खाजाको व्यवस्था गरेको छ ।

कालिकोट जिल्लाको खाडाचक्र नगरपालिकामा भारतबाट घर फर्किएका मुगु, जुम्ला, हुम्ला र कालिकोटका नागरिकलाई हिजो र आज २ दिन  करिब ८ सय ५० जना नागरिकहरुलाई पानी चिउरा दालमोठ साबुन स्यानिटाइजर मन्जन दाँत माझ्ने ब्रुस चकलेटको प्याकेट बनाइ वितरण गरेको थियो । त्यस्तै प्याकेटमा महिलाहरुकालागि स्यानेटरी प्याडको पनि व्यवस्था गरिएको थियो ।