“मोटे ग्याङ्ग नेपाल” नाम भन्दा फरक काममा अग्रसर


१५ मंसीर, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरबाट संचालित सामाजिक सञ्जाल फेसबुकको समूह मोटे ग्याङ्ग नेपालले विभिन्न सामाजिक कार्यहरु मार्फत अगाडी बढ्दै आइरहेको छ ।

यसैवीच मोटे ग्याङ्ग नेपालले विभिन्न माध्यमबाट सहयोग रकम संकलन गरि सम्बन्धित व्यक्तिहरुलाई हस्तान्तरण गर्दै आइरहेको छ । समूहले सियोन श्रेष्ठ बचाउ अभियान अन्तरगत सियोनको उपचारकालागि ३६ हजार सहयोग रकम संकलन गरि हस्तान्तरण गरेको समूहका एडमिन कुमारशम्सेर थापाले जानकारी दिनुभयो ।

त्यस्तै आज मात्र क्यान्सर रोगबाट पिडित गणेश थापा क्षेत्री र किशोर थापा बचाउ अभियान अन्तरगत समूहले पहल गर्दै वीरेन्द्रनगरमा रहेको बौद्ध ग्रामिण बहुउद्देश्यीय सहकारी संस्थाका स्वर्गिय अध्यक्ष पंञ्च सिंह रोकायले स्थापना गर्नु भएको अंग प्रत्यारोपण कोष मार्फत दुई जना क्यान्सरका विरामीलाई १५/१५ हजार सहयोग रकम प्रदान गरेको छ ।

सहयोग रकम हस्तान्तरण गर्दै बौद्ध ग्रामिण सहकारीका प्रमुख कार्यकारी अधिकृत बिशाल के.सी र स्वः अध्यक्ष रोकायका छोरा लक्ष्मण रोकायले बिरामीको शिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको समूहका एडमिन थापाले बताउनुभयो ।