धार्मिक हिंसा भड्काउन चाहन्थे आचार्य श्रीनिवास !


२४ वैशाख, काठमाडौं । हिन्दु धर्मगुरु आचार्य श्रीनिवासले धार्मिक र साम्प्रदायिक हिंसा भड्काउने योजनाका साथ आफैंमाथि गोली हान्न लगाएको पाइएको छ ।

आचार्य सोमबार पक्राउ परेका छन् । काठमाडौंबाट पक्राउ परेका उनलाई मोरङ प्रहरीले दिउँसो अन्य दुई अभियुक्तसहित अचार्यलाई सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा चितवन भरपपुर बेलचोकका २९ वर्षीय माधव चौधरी र नवलपरासी गैंडाकोट ५ का ३२ वर्षीय  खान र सन्तोष भन्ने लक्ष्मीराज अधिकारी छन् ।

चौधरी, आचार्यका अंगरक्षक हुन् र उनले नै गोली हानेको प्रहरी अनुसन्धानबाट खुलेको छ । अधिकारीले भने पेस्तोल व्यवस्थापनको काम गरेका थिए ।

हिन्दू धर्मावलम्बी र धर्म गुरुहरुलाई आन्दोलनका लागि उक्साउन आचार्य श्रीनिवास आफैंले योजना बनाएर गोली हान्न लगाएको पाइएको मोरङ प्रहरीका प्रमुख एसपी अरुण बिसीले जानकारी दिए ।

आचार्यमाथि २५ चैत गते विहान गोली प्रहार भएको थियो । उनको छातीमा गोली लागेको थियो ।

प्रहरीका अनुसार आचार्यले हातमा गोली हान्न भनेका थिए तर, गल्तीले छातिमा लागेको हो ।

अनलाइनखबरबाट