२६ जेठ, सुर्खेत । कोरोना भाइरसले यतिवेला कर्णालीलाई आक्रान्त बनाइरहेको वेला राजधानीमा भने लकडाउन केही खुकुलो भएको पाइएको छ ।
यसैवीच सुर्खेत जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा सुर्खेत कै स्थानीय हिरालाल रेग्मी आइपुग्नु भएको छ । प्रजिअ रेग्मी आउने वित्तिकै सुर्खेतको लकडाउन फेरिन्छ होला भन्ने धेरैको अनुमान छ ।
यही अनुमानलाई आत्मसाथ गर्दै प्रजिअ रेग्मीले वीरेन्द्रनगर बजारको अनुगमन गर्नुभएको छ । प्रजिअ रेग्मी भन्नुहुन्छ “कानुनको सबैले पालना गर्नैपर्छ हामी कानुनको पालना गराउँछौ । संक्रमण बढीरहेको वेला केही फितलो जस्तो देखिएको छ यस्मा मैले व्यावसायीहरु संगपनि छलफल गरेको छु ।”
अहिलेको स्थिति भनेको सामाजिक दुरी कायम गर्नु नै हो हामी यही काम कार्यान्वयन गराउन लागेका छौं । प्रजिअ रेग्मी भन्नहुन्छ “कसैले प्रशासन र सुरक्षाकर्मीको छलेर केही काम गरेको पाउनुभएको छ भने हामीलाई खबर गर्नुस हामी तत्काल कारवाही गर्छौ । यो लकडाउनको अवधीभर कानुनको पालना हामी कडाइका साथ गराउँछौ ।”
अहिलेको समय भनेको कोरोना महामारी विरुद्धको लडाइ भएकोले यस्तो वेलामा बदमापसी गर्नेहरुकालागि सबैजनाले सुराकीको काम गर्नुपर्नेछ यो कार्यमा सबै समर्थन ऐक्यवद्धता सहमति र सहयोग आवश्यक रहेको छ । प्रजिअ रेग्मीले बताउनुभयो । उहाँ भन्नुहुन्छ ‘खेतीको समय भएकाले किसानको हकमा केही खुकुलो भए पनि बिना काम बजारमा निस्कने र भीडभाडलाई नियन्त्रण गरिने छ ।



Prawash Kumar Shakya । २६ जेष्ठ २०७७, सोमबार १८:२५ बजे