ड्रोन क्यामरा उडाउने सिएनएन हिरो डाेयन भएकाे खुलासा


१५ बैशाख, सुर्खेत,
अनुमतिबिनै ड्रोन क्यामरा उडाउने सिएनएन हिरो म्यागी डोयनसहित उनका एक सहयोगी पक्राउ परेका छन् । सुर्खेत प्रहरीले उनीहरुलाई काँक्रेविहार जंगलमा ड्रोन क्यामरा उडाइ रहेको अवस्थामा बुधबार साँझ पक्राउ परेको हो । जिल्ला प्रहरी कार्यालयका सहायक प्रहरी निरीक्षक मुन्नी सिंह चौहानको कमाण्डमा गएको टोलीले उनीहरुलाई बुधबार साँझ पाँच बजे पक्राउ गरेको थियो ।
पक्राउ गरेका उनीहरुको नाम क्षेत्रीय प्रहरी कार्यालयका डिआईजी माधव नेपाल र जिल्ला प्रहरी कार्यालयका एसपी वीरेन्द्र श्रेष्ठले खुलाउन चाहेनन् । उनीहरुले विदेशी नागरिक एकै मात्र भएको बताउँदै सूचना दिनबाट पन्छिन खोजे । एक प्रहरी अधिकारीका अनुसार पक्राउ पर्ने सिएनएन हिरो डोयन र उनका सहयोगी अमेरिकन नागरिक पुरुष रहेका छन् । ति अधिकारीले विदेशी पुरुषको नाम थाहा नभएको बताए ।
cnn hero
‘म आफै प्रहरी कार्यालय जान्छु, तपाईले पक्राउ गर्नु पर्दैन’ म्यागीको भनाई उद्धृत गर्दै ति प्रहरी अधिकारीले भने,–‘विदेशी पुरुषले मैले चलाएको हुँ, डोयनले निर्देशन दिएकी हुन भनेपछि उनलाइ पनि प्रहरी कार्यालयमै पु¥याएको हुँ ।’  तरजिल्ला प्रहरी कार्यालयका एसपी वीरेन्द्र श्रेष्ठले यसबारेमा मुख खोल्न चाहेनन् । उनले अुनसन्धान भइरहेको छ, पर्खनुहोस् भन्दै पन्छिए ।
सुर्खेत उपत्यकाभित्र रहेका सुरक्षा निकायको भवन र सुरक्षाको दृष्टिकोणले अति संवेदनशील क्षेत्रमा पनि ड्रोन क्यामरा उडाएको आशंका गरिएको छ । पक्राउ पर्नु अघि डोयनले वीरेन्द्रनगरको रातो पुल र क्षेत्रीय अस्पताल नजिकैको आकाशबाट पनि ड्रोन क्यामरा उडाएको स्थानीयबासीले बताएका छन् ।
तर उनीहरु त्यो क्षेत्रबाट आधा घण्टामै सबैलाई छल्दै काँक्रेविहार जंगल हानिएका थिए । समाचार आएपछि जिल्ला प्रशासनले प्रहरीलाई ड्रोन क्यामरा उडाउने व्यक्तिलाई खोज्न आदेश दिएको थियो ।
नेपालको कानून अनुसार प्रशासनसँग अनुमति लिएर मात्रै ड्रोन क्यामरा उडाउन पाइने भएपनि ड्रोन उडाउने अनुमति कसैले नलिएको प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले बताएका छन् ।
पूर्व स्वीकृतीबिना ड्रोन क्यामराको प्रयोग गरी तस्बिर वा भिडियो रेकर्ड गरेको खण्डमा नागरिक उड्डयन प्राधिकरण ऐन र विद्युतीय कारोबार ऐन अनुसार कारबाही हुने प्रावधान रहेको छ । ड्रोनबाट लिइएका तस्बिर र भिडियो सुरक्षा संगठनलाई अनिवार्य रुपमा बुझाउनुपर्ने  गृहमन्त्रालयले जारी गरेको निर्देशिकामा उल्लेख छ ।
निर्देशिकाले धार्मिक र सांस्कृतिक स्थल, सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्र र हवाई मार्गमा असर पर्नसक्ने क्षेत्रमा ड्रोन उडान रोक लगाएको छ । पक्राउ परेका डोयनलाई प्रहरीले किन नाम खुलाउन चाहेन भन्दै प्रहरीको कार्य सम्पादनमा प्रश्न शंका गरेका छन् । डोयनसंग अमेरिकन पत्रकार आएकाले ति पत्रकार पनि पक्राउ परेको हुन सक्ने कोपिला भ्याली स्रोतले जानकारी दिएको छ ।

सभार : अनलाइन सुर्खेत डट कम