बौद्ध केन्द्र प्रमुखको गोष्ठी नारायण नगरपालिका दैलेखमा


१९,असार, दैलेख । बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था लि. सुर्खेतले आज (मंगलबार) देखि शाखा कार्यालय चुप्रा दैलेख अन्तरगतका संचालन गरीएको लघुवित्त कार्यक्रमका २ दिने केन्द्र प्रमुख गोष्ठि नारायण नगरपालिका दैलेखमा शुरु गरिएको छ ।

संस्थाको लघुवित्त कार्यक्रमका केन्द्र प्रमुखहरुलाई वित्तिय साक्षरता र संस्थाको निति नियम तथा प्रमुखको काम, कर्तब्य र जिम्मेवारी बिषयमा मुख्य रुपमा जानकारी गराउनकालागि कार्यक्रमको आयोजना गरीएको तालिम सहायक सविता कोइराललाले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि नारायण नगरपालिका का उप मेयर सावित्री मल्लले निम्न स्तरका महिलाहरुको आयआर्जनका लागी आर्थिकरुपमा सबल बनाउने बौद्ध संस्था एक उदाहरणिय सहकारी संस्था बनेको कारण आफनो कार्यकालमा सदैव हातेमालो गर्दे अघि बढने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

भैगोलिक रुपमा विकट मानिएको दैलेख जिल्लामा कृषिको सम्भावना बलियो भएकाले लघुवित्त मार्फत कृषिजन्य उत्पादनमा सहभागी गराइ आफना सदस्यलाई रोजगार बनाउने संस्थाको उद्देश्य रहेको कार्यक्रमका सभापत्ति एवंम संस्थाका वरिष्ठ प्रबन्धक विशाल के.सीले बताउँदै आर्थिक रुपान्तरणका लागी सम्पुर्ण दिदिबैनीलाई स्वाबलम्बी भई लौंगिक विभेद रहितको समुन्नत समाजको निमार्णमा सहयोग गर्न प्रबन्धक के.सीले आग्रह गर्नु भयो ।