लेखा अधिकृत र कार्यकारिले एकै पटक झवाम् पारे ३० लाख


भरतराज विष्ट । कालिकोट

१५ भाद्र । कालिकोट । कालिकोट जिल्लाको खाडाचक्र नगरपालिकामा सुरुवाती कै चरणमा ३० लाख भ्रष्टाचार भएको खुलासा भएको छ । नेपालमा राज्य पुर्नरसंरचना संगै पहिलो चरणमा स्थानिय तहको निर्वाचन प्रश्चात नगरपालिकाको ब्यवस्थापन र %0ालय ब्यवस्थापन खर्च र कार्यालयको समान खरिद प्रक्रियामा कार्याकारी अधिकृत पविता शाही र लेखा अधिकृत देवकिरण कार्वाहीका लागी राज्यका बिभिन्न निकायलाई आग्रह गरेको छ ।

नगरपालिकाका प्रमुख जसिप्रसाद पाण्डेको कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा कार्यालय ब्यवस्थापन खर्च र कार्यालयको समान खरिद प्रक्रियामा कार्याकारी अधिकृत पविता शाही र लेखा अधिकृत देवकिरण 2 भ्रपाई पेस गरेको पाईएपछि रकम दुरुपयोग भएको पुस्टि भएको नगरपालिकाका प्रमुख मेयर जसिप्रसाद पाण्डेले वताए ।

;9ी लेखा अधिकृत वुढाले सार्वजनिक खरिद ऐनको प्रवाह नगरि नगरपालिकाको लागी सामान खरिद गरेको र त्यो पनि मान्म वजारको मुल्य भन्दा दुई गुणा वढि मुल्य राखेर विल भ्रपाई पेस गरेको पाईएपछि रकम दुरुपयोग भएको पुस्टि भएको नगरपालिकाका प्रमुख मेयर जसिप्रसाद पाण्डेले वताए ।

पत्रकार सम्मेलनमा प्रमुख पाण्डे जानकारी दिदै २०७४ साल जेष्ठ ५ गते सपथ ग्रहण गरे लगतै ६ गते कार्यपालिकाको पहिलो वैठकले निर्वाचन आयोगलाई धन्यावादको प्रस्ताव पास गदै ब्यवस्थापन खर्चका वारेमा जानकारी लिन खोज्दा निकासा भएको ३६ लाखमा १६ लाखको सामान खरिद भईसकेको र निकासा हुन वाँकी ४८ लाख कार्यपालिकाको वैठकको निर्णय अनुसार गर्ने मौखिक सहमति भएको सुनाए ।

दोस्रो कार्यपालिकाको वैठकमा कार्यकारी अधिकृत अनुपस्थित भएकाले वैठक सयुक्त वडा सचिव गणेशप्रसाद रिजालले सञ्चालन गरेको तर कुनै पनि निर्णय नभएको सुनाए । तेस्रो वैठकमा कर्मचारीको खटन पटन, लेखा अधिकृत र कार्यकारी अधिकृतले अर्को वैठकमा हाल सम्मको खर्च बिवरण वुझाउने सहमति भएको थियो । तर चौथो वैठकमा पनि आयब्याय बिवरण आउन नसकेको बताइएको छ ।