बुलबुले उद्यानमा ललितकला कार्यशाला सम्पन्न (भिडियोसहित)


सामाजिक रुपान्तरणः ललितकलाको अभियान….. नारा सहित आज कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर बुलबुले उद्यान (ताल) परिसरमा ललितकला कार्यशाला २०८१ सम्पन्न भएको छ । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान काठमाण्डौंको आयोजनामा र नेपाल कमर्शियल आटिष्ट संघको सहकार्यमा कर्णाली प्रदेश स्तरीय ललितकला कार्यशाला सम्पन्न भएको हो ।

कार्यशालाको शुभारम्भ गर्दै नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका परम्परागत चित्रकला विभाग प्रमुख तथा कर्णाली प्रदेश संयोजक प्राज्ञ पाल्साङ्गमु लामाले खुला ठाउँमा बसेर कलाकारहरुले आफ्नो मनमा उब्जेका कथालाई क्यानभासमा उतार्ने बताउनुभयो ।

त्यस्तै नेपाल कर्मशिलय आर्टिष्ट संघका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश संयोजक शुभाष शाक्यले यही ६ देखि १० गते सम्म कर्णाली प्रदेशिक स्तरीय चित्रकला प्रदर्शनीको आयोजना स्थानीय जन नमुना माध्यमिक विद्यालयमा हुने बताउनुभयो ।

१६ जना कलाकारहरुको सहभागिता रहेको कार्यशाला कार्यक्रममा नेपाल ललितकला प्राज्ञ-प्रतिष्ठानका सदस्य जिग्मे लामा र प्राज्ञ निरमाया तामाङ्गको उपस्थिति रहेको थियो ।