१,असार सुर्खेत । कालिकोटका विद्यालय र स्वास्थ्य सस्थामा निशुल्क सोलार जडान गरिएको छ । (नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कालिकोटका सचिवालय सदस्य तथा युवा नेता दिपक चौलागाईं (शिखर) को पहलमा निः शुल्क सोलारहरु जडान गरिएको हो ।
बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रको संस्थागत सौर्य उर्जा अनुदान कार्यक्रम अन्तरगत सोलार होम्स नेपालले कालिकोटका विभिन्न,विद्यालय र स्वास्थ्य संस्थाहरुमा सोलार जडान गरिएको चौलागाईले वताउनु भयो ।
आफुले विद्यालयमा अध्ययन गर्दा भोगेका समस्या अहीले भाइवहीने भोग्न नपरोस भनेर आफुले वैकल्पीक उर्जा प्रर्वद्धन संग पहल गरि विद्यालयमा सोलार जडान गरेको वताए। विधुत्को केन्द्रीय प्रसारण लाइन समेत नभएको शुभकालिका र पचालझरना आफुले पहल गरि सोलार जडान गर्न सफल भएको बताउनु भयो । विद्यार्थीवाट राजनिति सुरुगरेका चौलागाई आफ्नो गाउमाको विद्यालयमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद वाट ३ वर्षे वालिविज्ञान कक्षा समेत सञ्चालन गरेका छन् ।
विजुलीको प्रसारण लाईन नभएको शुभकालिका गाउ पालिका वडा २ रहेको कालिका मावि भर्ता, वडा नं ५ मा रहेको दाहाल मावि ४ मा रहेको नैनेलदेव आधारभुत विद्यालय र वडा नं ८ मा रहेको महादेव आधारभुत र पचालझरना गाउपालिकाका सरस्वती मा.बि., पन्चकालिका मा.बि. ,नवकिरण आधारभूत विद्यालयमा सोलार जडान गरिएको उहांले बताउनु भयो ।
यस्तै स्वास्थ्य सस्थामा ,खडाचक्र नगरपालीका वडा नं ३आधारभूत स्वास्थ्य चौकी ताडीमा एक किलोवाट(१००० वाट)सोलार जडान गरिएको छ । आधारभुत स्वास्थ्य चौकीलाई पनि एक किलोवाट (१००० वाट)सोलार नेकपा पचालझरना गाउँ पालिका कमिटी अध्यक्ष पौरख बिश्वकर्मा मार्फत सम्वन्धित संस्थाहरु र वडाको समन्वयमा सोलार जडान गर्न लागेको चौलागाईले वताए ।.सोलार जडान कार्यमा शुभकालिका अध्यक्ष खडानन्द चौलागाईं,पचालझरना अध्यक्ष खड्कराज सेजुवाल,सम्वन्धित वडाका वडा अध्यक्ष,विद्यालयका अध्यक्ष तथा प्रधानाध्यापक संग समन्वय गरि सोलार जडान गरिएको नेता चौलागाईले बताउनु भयो ।



Milan Shrestha । १ असार २०७७, सोमबार २०:५५ बजे