प्रदेश ५ को राजधानी भालुवाङ, प्रदेशको नाम “लुम्विनी”


फोटो गुगलबाट

२० असोज, सुर्खेत । प्रदेश ५ को राजधानी दाङ्ग जिल्लाको देउखुरी क्षेत्र भालुवाङ हुने प्रदेश सभाबाट दुई तिहाइको बहुमतले पारित गरेको छ ।

प्रदेश ५ को प्रदेश सभामा स्थायी राजधानी भालुवाङकालागि भएको मतदानमा २ तिहाई बहुमतले पारित गरेको हो । मतदानमा बहुमत तर्फ ६९ र विपक्षमा १३ मत खसेको थियो । त्यस्तै प्रदेश नाम लुम्विनी पारित भएको छ । नामकालागि भएको मतदानमा ७८ मत पक्षमा र ४ मत विपक्षमा परेकाे छ

प्रदेश ५ को सरकारले दाङ्गको देउखुरी क्षेत्रको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकालाई जाडेर स्थायी राजधानी बनाउने प्रस्ताव १६ असोजमा प्रदेशसभामा पेश गरेको थियो ।