३ असार, सुर्खेत । कोरोना भाइरस कोभिड १९ को संक्रमण पछिल्लो २४ घण्टामा थप ५८६ जनामा पुष्टि भएको छ । यो संगै अधिराज्यभर संक्रमितहुनेको संख्या ७ हजार १७७ पुगेको छ । त्यस मध्ये २० जनाको मृत्यु भएको छ भने १ हजार १६७ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज सबैभन्दा धेरै महोत्तरीमा २०० जनामा संक्रमित पुष्टी भएको छ । यस्तै, रौतहटका १२७ जना, प्युठानका ३८, बर्दियाका ३१, गुल्मी र धनुषाका २६/२६ जना, सल्यानका २५, नवपलुरका १७, कालीकोटका १४, अर्घाखाँचीका १२ र कपिलवस्तुका १० जना, मोरङका ९ जना, दाङका ८, बारा, कञ्चनपुर र रुपन्देहीका ७/७ जना, सर्लाहीका ६, उदयपुरका ४, पर्वतका ३ जना, झापा, सुर्खेत र दैलेखका २/२ जना तथा सिराहा, कैलाली र बाँकेका १/१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
त्यस्तै आज बाँकेमा १ जनाको मृत्यु पछि कोरोना संक्रमणको पुष्टी भएको हो ।



Prawash Kumar Shakya । ३ असार २०७७, बुधबार १६:५३ बजे