न्यायिक समानता विना स्वतन्त्रताको अर्थ हुँदैन: ईञ्चार्ज शर्मा


रुकुम पश्चिम, ३ फागुन (रासस): नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेश ईञ्चार्ज तथा पूर्व गृहमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले न्यायिक समानता विना स्वतन्त्रताको अर्थ नहुने बताउनुभएको छ ।

प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको संयोजनमा आज आयोजित पत्रकार आचारसंहिता एवं श्रमजीवि पत्रकार र सञ्चार माध्यम विषयक ‘प्रदेशस्तरीय कार्याशाला’ मा ईञ्चार्ज शर्माले हाम्रो स्वतन्त्रता न्याय र समानतामा आधारित हुनुपर्नेमा जोड दिनुभयो ।

“समाचार व्यक्त हुने भाँडोको मालिक अर्कै छ,” उहाँले भन्नुभयो, “शोषण हुने ठाउँमा स्वतन्त्रता हुन्छ र ? निष्पक्ष लेखाई र पेशाबाट मर्यादा कायम हुँदा स्वतन्त्रता मिल्छ ।” पत्रकारको लाईन नै राष्ट्र हुनुपर्ने भन्दै ईञ्चार्ज शर्माले विकास, समृद्धि र सुशासनमा आधारित तथ्यगत समाचार सम्प्रेषण गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

समाजको चरित्रले संस्कृतिको निर्माण गर्ने बताउनुभएका उहाँले अगाडि थप्नुभयो, “अहिले कर्णाली प्रदेश सरकारलाई अवकाश हुन तीन महीना बाँकी सचिवहरु संघीय सरकारले पठाउँछ । कर्मचारीको अभावले यहाँको अपेक्षित विकास हुन सकेको छैन ।” पार्टीगत केही समस्याले पनि सरकार सञ्चालन केही अवरोध आएको भन्दै उहाँले संघीयता असफल गर्नेहरुले ठाउँ पाए लोकतन्त्र खतरामा जाने चेतावनी दिनुभयो ।

बरिष्ठ पत्रकार तथा कर्णाली प्रदेश योजना आयोगका सदस्य डा.दीपेन्द्र रोकायाले पत्रकार जगत समाज रुपान्तरणको अभिन्न अंग भएको बताउनुभयो । सदस्य डा. रोकायाले भन्नुभयो, “सूचना तथा सञ्चार प्रविधियुक्त प्रदेश बनाउन कर्णाली प्रदेश लागिरहेको छ । यसलाई डिजिटल ग्राम बनाउने सपना हामीले देखेका छौं ।” विकास पूर्वाधार, सामाजिक विकास, कृषि, सूचना तथा सञ्चार, सुशासनयुक्त प्रदेश