सुडेक दैलेखको अध्यक्षमाःकेसी


१३,असार दैलेख । सुडेक नेपाल दैलेखको अध्यक्षमा नरेन्द्र केसि चयन हुनुभएको छ ।

सुडेक दैलेखको छैटौँ साधारण सभाबाट नयाँ कार्यसमिती चयन गरेको छ जसको अध्यक्ष केसि सर्वसम्मत हुनुभएको छ भने केसिकै अध्यक्षमा ११ सदस्यीय कार्य समिती चयन गरिएको छ जसको उपाध्यक्षमा मिना तारामी, महासचिबमा हरीबहादुर थापा, सचिबमा बिशाल सुनार, कोषध्यक्षमा सन्तोषी लम्साल र सदस्यहरुमा,अभिशेक सोनी,तिर्थ जि.सी, अम्बीका बोहोरा, पबित्रा थापामगर, महेन्द्र अधिकारी र अमृता राना हुनुहुन्छ भने सभाले चार सदस्यीय सल्लाहकार समिती चयन समेत चयन गरेको छ जसमा राजेश हमाल, चक्र केसि, डम्बर केसिर सुबास गौतम हुनुहुन्छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र केसिले स्थानिय संग हातेमालो गरी अबको गैससहरु अगाडी बढाउनु पर्ने बताउनु भयो ।