वीरेन्द्रनगरमा अब पसलहरु विहान ७ देखी ५ सम्म मात्र खुला हुने


१७ असार, सुर्खेत । कोरोना भाइरसक कोभिड १९ को जोखिमलाई मध्यनजर नगर्दै अतिआवश्यकिय व्यवसाय बाहेक अन्य व्यवसाय अब साँझ ५ बजे सम्म मात्र खुला हुने भएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले यही असार १९ गतेबाट अतिआवश्किय व्यावसाय (फलफूल, दुध, ग्यास लगाएत औषधी) व्यवसाय बाहेक अन्य व्यवसाय अब हरेक दिन विहान ७ बजे देखि साँझ ५ बजे सम्म मात्र सञ्चालन गर्न अनुरोध गरेको छ ।

त्यस्तै होटल व्यावसायहरु होम प्याक डेलिभरीको व्यवस्था बाहेक सैलुन तथा व्यूटी पार्लरहरु पूर्णरुपमा बन्द गर्ने तथा अन्य पसलहरुमा मूल्य सूची टाँस गर्नुपर्ने तथा व्यावसाय सञ्चालन गर्दा पूर्णरुपमा सुरक्षाका मापदण्ड अपनाउनु सुचना जारी गरेको छ । साथै निजी सवारी साधनमा जोरविजोर प्रणालीलाई यथावत राखी तीन पाँग्रे सवारी साधन पूर्णरुपमा बन्द गरिने जिल्ला प्रशासन कार्यालय सुर्खेतद्वारा जारी सूचनामा जनाइएको छ ।