असार, १२ राकम ।
बौद्ध ग्रामिण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुर्खेतको सिम्ता गाउपालिका वडा नं.६, राकममा १ दिने केन्द्र प्रमुख गोष्ठी सम्पन्न भएको छ ।
केन्द्र प्रमुखहरुलाई वित्तिय साक्षरताको बारेमा जानकारी दिने र संस्थाको नीति नियम तथा प्रमुखको काम, कर्तब्य र जिम्मेवारी बिषयमा जानकारी दिन गोष्ठि सञ्चालन गरीएको हो ।
गोष्ठिमा सिम्ता गाउँकार्यपालिका सदस्य दिपा चन्द मल्लले कर्जाको सदुपयोग गरेर कर्जाबाटै ब्याज रकम निकाल्न सके मात्र कर्जा सदुपयोग हुने बताउँदै बचतलाई भविष्यको सुरक्षा र लगानीलाई सदुपयोग गरी आर्थिक उन्नती गर्न सबैलाई सुझाव दिनुभयो ।
संस्थाका सचिव पासागं महताराले पछिल्लो समयमा अरुका लागि कर्जा कारोबार गर्ने विकृती आएकाले परिवारको सल्लाहमा योजना बनाई क्षमता अनुसार आफनो लागि मात्र कर्जा लिनु पर्ने सुझाव दिदै अबको लगानीलाई उत्पादनमुखी बनाई घरघरमा रोजगारीको वातावरण सिर्जना गर्नु पर्नेमा जोड दिनुभयो ।



Milan Shrestha । १२ असार २०७५, मंगलवार ०५:४३ बजे