
५ असोज, सुर्खेत । देशै भरीका रेडियो नेपालका प्रसारण केन्द्रमा धर्ना दिने कार्यक्रमलाइ सुर्खेतका पत्रकारहरुले पनि निरन्तरता दिएका छन् ।
रेडियो नेपाल प्रादेशिक प्रशारण केन्द्र दिपायलमा कार्यरत पत्रकारहरुलाइ सेवाबाट हटाइएको विरोधमा नेपाल पत्रकार महासँघको घोषित कार्यक्रमलाई निरन्तरता दिन आज सुर्खेतमापनि धर्ना दिएको जनाएका छन् ।
रेडियो नेपाल प्रादेशिक प्रशारण केन्द्र दिपायलमा कार्यरत पत्रकारहरु सुनिता रावल, प्रकाश बम र चक्र कुँवरलाई सेवाबाट हटाइनु निन्दनीय छ । श्रमजीवीहरुलाई श्रम गरीखान पाउनु पर्ने अधिकारको हनन गरेको र उहाँहरुको पुनर्बहालीको माग हुनु पर्ने कुरामा जोड दिदै कार्यक्रमलाई नेपाल पत्रकार महासँघका केन्द्रिय सदस्य वरिष्ठ पत्रकार कलेन्द्र सेजुवालले धर्ना कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो ।
रेडियो नेपाल प्रादेशिक प्रशारण केन्द्र सुर्खेतमा १ घण्टा सम्म धर्ना कार्यक्रमलाइ निरन्तरता दिएका हुन । नेपाल पत्रकार महासँघ सुर्खेत र नेपाल पत्रकार महासँघ कर्णाली प्रदेशकाे संयुक्त आयोजनामा गरिएको सरकारले श्रमजीवीको आवाज सुनोस् भन्ने माग गरिएको छ ।



Milan Shrestha । ५ आश्विन २०७६, आईतवार २०:०० बजे