१५ बर्षका चन्द्र राजी ओस्टेओेमाईटिस रोगसंग लड्न सहयोगकालागि अपिल गर्दै


१९ असार, सुर्खेत । आदिवासी जनजाती अन्तरगत लोपोन्मुख तथा अतिसिमान्तकृत राजी समुदायका एक १५ बर्षिय बालक ओस्टेओमाईटिस अर्थात हड्डी पाक्ने रोगसंग लडिरहेका रहनुभएको छ ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा करिब २ हप्तादेखि दुबै खुट्टा पाकेको अवस्थतामा आइसीयुमा उपचार भैरहेको विरामीका दाइ पदम बहादुर राजीले बताउनुभएको छ । एक हप्ता अघि सुर्खेत कै देउती अस्पतालमा सामान्य उपचार गराएपनि आर्थिक अभावका कारण कर्णाली प्रदेश अस्पतालमा लगिएको पदमले जानकारी दिनुभएको छ ।

दुवै खुट्टा पुर्ण रुपले कुहिएकाले उपचारमा समेत धेरै आर्थिक रकम आवश्यक पर्ने अस्पतालले जनाएको छ । प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा सेप्सीस सेकेन्डरी टु एक्टिव ओस्टओमाईटिस (हड्डी पाक्ने) रोग भएकोले भर्ना गरिएको सात दिनभएको छ । उहाँको उपचारमा डाक्टरहरु नियमित रुपमा लागिरहेको हाड जोर्नी विशषज्ञ डाक्टर रुपक कँडेलले बताउनुभयो । कुहिएको खुट्टाको पोष्टम्याटम पछि सबै भन्दा जटिल अवस्थाको रोग भएको डाक्टर कँडेलले जानकारी दिनुभयो ।

यो रोग लागी सकेपछि पहिला हड्डी पाक्ने र रगतबाट अन्य भागहरु मृटु, फोक्सो, मृगौलामा सर्ने र ड्यामेज समेत गर्ने भएको समेत डा. कँडेलको भनाइ छ । डाक्टर कँडेलका अनुसार यो रोगको उपचार सम्भव भएको तर यदी हड्डीमा पिपनै जमेको छ वा हड्डी नै नष्ट भएको छ भने त्यसको बारेमा पोष्टम्याटम गरेर शल्यक्रिया गर्नु पर्ने हुन्छ ।

यसैगरि राजीको उपचारको लागि आइसोलेसन वार्ड तथा खानाको व्यवस्था अस्पतालले आफैले गरेको अस्पताल निर्देशक डा डम्बर खड्काको जानकारी दिनुभयो ।
साना अप्रेसनहरु दुईवटा गरिसकेको र यसको औषधीहरु महङ्गो पर्ने र पुरै उपचार गर्न अस्पतालले धान्न नसक्ने भएकोले यदि चाडैँ आर्थिकको व्यवस्था भएमा आइसोलेसनमा राखेर उपचार गर्न दुई महिनाजति समय लाग्ने अस्पतालले जनाएको छ ।

यता राजी शाल्म समाज सुर्खेतका सचिव अशोक राजीले विरामीको उपचारको लागी आर्थिक रकम संकलनका लागि सवैसंग अपिल गर्नुभएको छ । समाज सुर्खेतले आर्थिक संकलनका लागि अभियान शुरु गरेको र सहयोगी मन व्यापारी, संघसस्था र विभिन्न निकायहरुले तथा व्यक्तीगत रुपमा सहयोग गर्न सकिने जनाएको छ ।

सहयोगका लागी संस्थाको खाता नम्बर राष्ट्रिय बाणिज्य बैक सुर्खेतको चल्ती खाता नम्बर ८४६६ रहेको राजी शाल्म समाज सुर्खेत शाखाले जनाएको छ । आर्थिक अवस्था सारै नाजुक भएका राजीलाइ थप उपचारका लागि धेरै समस्या भएको छ । विभिन्न निकाय, गाउँपालिका, नगरपालिका तथा विभिन्न मन्त्रालयहरुसंग आर्थिक सहयोगका लागि पहल भैरहेको समेत समाजले जनाएको छ ।