
माघ ९, सुर्खेत ।
कर्णाली प्रदेश सरकारको ३४ औं मन्त्रीपरिषद वैठक बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रस्ताव गरेको प्रदेश अनुसन्धान व्यूरो सम्वन्धि व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ ।
यसैगरी आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रस्ताव गरेको प्रहरी भवन निर्माण तथा सुधार गृह निर्माण सम्वन्धमा प्रदेश प्रहरीसंग समझदारी गरि कामलाई अगाडि वढाउने, समाजिक विकास मन्त्रालयले १० वटा एम्वुलेन्स खरिद गर्ने सम्वन्धमा भन्सार छुटका लागि नेपाल सरकार अर्थ मन्त्रालयलाई माग गर्ने तथा समाजिक विकास मन्त्रालयले प्रस्ताव गरेको स्वयंसेवक परिचालन सम्वन्धि विधेयकको मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय समेत गरेको जनाइएको छ ।
Milan Shrestha । १० माघ २०७५, बिहीबार ०८:३२ बजे