
२४ असार, सुर्खेत । विश्वव्यापी तिब्र रफ्तारमा कोरोना भाइरस फैलिरहेको छ । यही क्रममा मित्रराष्ट्र भारत अहिले तेश्रो बढी संक्रमित भएको राष्ट्रमा समेत आइसकेको छ ।
कोरोनाको कहर शुरुवाती वेलामा संसारका धेरै देशहरुमा लकडाउन भए संगै हाम्रो देशमा पनि लकडाउन शुरु भएकै हो । तर यतिवेला देशमा खुकुलो लकडाउन छ । देशका ठाँउअनुसार लकडाउन यति फितलो छ की सोचेर भनेर साध्य नै छैन् ।
शुरुमा उदयपूरको भुल्के कोरोनाको सेन्टर बनेको थियो । त्यहाँका मस्जिदमा रहेकाहरुमा कोरोना पोजेटिभ भेटएसंगै थुप्रैमा कोरोना पुष्टी भएको थियो । विस्तारै त्यहाँको अवस्था सामान्य बन्दै जाँदा प्रदेश ५ को शहर नेपालगंजको बाँके कोरोनाको हटस्पट बन्न पुग्यो ।
बाँकेको नरैनापूरमा यति संक्रमित भए कि त्यहाँ त्यो थाम्नै गाह्रो परेको थियो । त्यो अवस्था सम्म कर्णालीमा भने कोरोनाका कुनै संक्रमित नै थिएन । लकडाउनको २ महिना सम्म कर्णाली नागरिक अन्य प्रदेशको कोरोनाका खबर सुनेर आतिने डाराउने गर्दथे । तर अब यतिवेला सबै फरक भएको छ । कर्णालीमा यसरी कोरोना संक्रमित भेटिन थाले कि यहाँका नागरिकले सोच्न सम्म पनि सकेका थिएनन् ।
कर्णालीको विषेश गरेर दैलेख जिल्ला कोरोना हटस्पट नै बन्यो । भने कर्णालीको अर्को जिल्ला जुम्लामा समुदायमा कोरोना गएको प्रमाणित समेत भएपछि जुम्ला जिल्लामा निषेधाज्ञा नै जारी गर्नुपर्यो रोकथाम एवं नियन्त्रणकालागि ।
कर्णालीको दैलेख जिल्ला यतिवेला पनि लकडाउन मै छ तर केवल बजारका पसलहरु बन्द छन् बाँकी सबै काम सूचारु नै छ । यता कर्णाली राजधानी सुर्खेतको वीरेन्द्रनगरमा यतिवेला लकडाउन खुकुलो छ । यो खुकुलोमा नागरिक कति लापरवाही छन् भन्ने अहिले तमाम मात्रमा हेर्न सकिन्छ ।
लकडाउन खुकुलो भएसंगै सरकारले विभिन्न नियमकानुन लगाएको छ । तर ति नियमकानुन यतिवेला फितलो जस्तो छ । स्थानीय प्रशासनले अहिले वीरेन्द्रनगरमा विहान ७ देखि साँझ ५ बजे सम्म व्यावसाय संचालन गर्ने र शनिवार बन्द गर्न आग्रह गरेको छ । तर साँझ ५ बजे पसल बन्द गराउनकालागि प्रहरी परिचालन गर्नुपर्ने भएको छ ।
मानिसहरु भन्ने गर्छन् कोरोना के साँझ ५ बजे पछि आउँछ र ? नागरिकमा चेतना कहिले आउने? बजारमा हेर्यो भने सामाजिक दुरी कायम भएको पाउँनै मुस्किल छ । जोरविजोरमा सवारी चलाउन भनिएको छ तर भित्री बाटो हुँदै प्रहरीको आँखा छलेर सवारी चलाइएका छन् ।
प्रहरीहरुपनि चेकजाँच गर्दागर्दा हैरान भएको पाइन्छ । के कोरोना रोक्ने जिम्मा सुरक्षाकर्मीको मात्रै होर ? हामी नागरिक कहिले सचेत हुने?



Prawash Kumar Shakya । २४ असार २०७७, बुधबार २१:३५ बजे