सुर्खेतमा प्रभात फेरी र रक्तदान


received_515850235272827सुर्खेत १०, असार । नेपाल औषधी व्यवसायी संघको ४३ औ स्थापना दिवस सुर्खेतमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा नेपाल औषधी व्यवसायी संघ उपशाखा सुर्खेतले वीरेन्द्रनगरमा प्रभात फेरी र रक्तदान कार्यक्रम गरेको छ । मंगलगढीचोकवाट सुरु भएको प्रभात फेरी पिपलचौतारीमा पुगेको थियो । पिपचौतारीमा गरिएको रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गरेको शाखाका महासचिव प्रेम भण्डारीले बताए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सुर्खेतका रक्त संचार सेवाका प्रमुख किशोर रेग्मी, देउती अस्पतालका प्रवन्ध निर्देशक खगेन्द्र थापाल लगायतले आफनो भनाई राखेका थिए । कार्यक्रमम मध्यपश्चिम यातायात व्यवसायी समितिका अध्यक्ष विष्णुवहादुर खड्काको प्रमुख आतिथ्यता र उपशाखाका अध्यक्ष किशोर रावलको सभापतित्वमा भएको हो ।

साभारः राराखबर अनलाइन