
कुमार शम्सेर थापा
३ साउन, सुर्खेत । गतबर्ष चैत्र ११ गतेदेखि कोरोना भाइरस कोभिड १९ को संक्रमणलाई रोकथाम एवं नियन्त्रण गर्नकालागि सरकारले देशलाई लकडाउनमा राखेको छ ।
वीरेन्द्रनगर सुर्खेतको खुला मञ्चमा प्रदेश सरकारले कोरोनाको जोखिमलाई ध्यानमा राख्दै क्वारेन्टाइनको निर्माण गर्यो । यही अवधीमा त्यस वरपर अत्याधिक मात्रामा फोहोरहरु जम्मा भएपछि आज सरसफाई गरिएको छ ।
“साँझा अभियान अन्तरगत” ‘क्लिन सुर्खेत, ग्रीन सुर्खेत’ कार्यक्रमकालागि विङ्गस फाउण्डेसन, सामाजिक सञ्जाल फेसबुक समूह मोटे ग्याङ्ग नेपाल, तनाव छ जिन्दगी, सामुदायिक प्रहरी साझेदारी कार्यक्रम, क्लिन एण्ड ग्रिन स्कूल कार्यक्रम, यूथ एण्ड लिगल एडभोकेसी, हाम्रो सानो प्रयास, जिउँदो कर्णाली लगाएको समूहले आज सरसफाई गरेको हो ।
कार्यक्रममा तनाव छ जिन्दगीका सञ्जय योगीले भन्नुभयो “युवाहरु न उठे सम्म कुनै सरकार पक्ष नउठ्ने र फाेहाेर व्यवस्थापन का लागि नगरपालिकाले कुनै चासाे नदेखिएको र बजार क्षेत्रमा पनि फाहाेर व्यवस्थापन गर्न नगएकाे हाेटल व्यवसायीहरुकाे ठुलाे गुनासाेका साथै आज हामीलाई पनि समस्या भएको कारण हामिले सङ्कलन गरेकाे फाेहाेरलाई विसर्जन गर्नकालागि जिल्ला प्रहरी कार्यालयलाई जिम्मा लगाएका छौ ।”




Prawash Kumar Shakya । ३ श्रावण २०७७, शनिबार ११:३५ बजे