कालिकोटका जडिबुटी व्यापारी दोहोरो करको मारमा


४ चैत्र, सुर्खेत । कालिकोटका जडीबुटी व्यापारी आफूहरु दोहोरो करको मारमा परेको बताएका छन् । कालिकोटको तिलागुफा नगरपालिकाले स्थानीय जडीबुटी व्यापारिहरुलाई कर तिर्न बाध्य पारेको नाम नबताउने शर्तमा एक व्यापारीले आरोप लगाउनु भएको छ ।

नगरप्रमुख तथा नगरका कर्मचारीहरुले जडीबुटी व्यापारीहरु संग मनपरी तरिकाले कर लिएको व्यापारीले बताएका छन् । हामी व्यापार गरेर खाने मान्छे कताकता कर तिर्नुपर्ने हो ? जताजतै कर तिर्दै जाने हो भने कसरी व्यापार गर्नु ? व्यापार गरे वापत राज्यलाई कर तिर्न हामी तयार छौ र तिरि पनि रहेका छौ तर यसरी मनपरी तरिकाले दोहोरो कर असुल्नु कहाँ संगको न्याय संगत हो ? पिडित व्यापारी प्रश्न गर्छन् ।

किन यसरी दोहोरो कर असुल्नुभएको भनि प्रश्न गर्दा विभिन्न डरत्रास र धम्की दिने गरे व्यापारीहरुले बताएका छन् ।