निषेधाज्ञा बढ्यो । परिक्षणको दायरा कती भयो ?


८ भाद्र, सुर्खेत । कर्णालीको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा गरिएको निषेधाज्ञा यतिवेला फेरि आज थप गरेर भाद्रको १२ गते सम्म गरिएको छ ।

स्थानीइ प्रशासनले गएको भाद्र ५ गते सम्म लगाइएको निषेधाज्ञा बढाएर  भाद्र ९ हुँदै अहिले भाद्र १२ सम्म पुर्याइएको छ । यसै वीच स्थानीय सरकारका कार्यवाहक नगर प्रमुखको समाचार आयो निषेधाज्ञा बढ्दैन भनेर यही समाचारमा धेरै जना ढुक्क भए अब निषेधाज्ञा बढ्दैन भनेर तर स्थानीय प्रशासनले आज सन्ध्याकालिन समयमा निषेधाज्ञा बढायो ।

के निषेधाज्ञा स्थानीय सरकारले लगाउने हो र ? यो प्रश्न यतिवेला सबैको मनमा उठेको छ । बरु यो समयमा प्रदेश सरकार र स्थानीय सरकारले यो समयमा के कती कोरोनाका परिक्षणको दायरा बढाउन सक्यो त ?

यतिवेला कर्णालीमा तिब्रगतीमा समुदायमा कोरोनाका संक्रमित भेटिरहेका छन् प्रदेश सरकारले कर्णाली भित्रिने नाकामा अनिवार्य पिसिआर रिपोर्टको नियम लगाएको छ । यही नियम लगाएपछि धेरै समुदायमा संक्रमित भेटरहेको अवस्था छ । त्यसैले पनि तपाई हामी आफै सजग हुनेपर्ने वेला आएको छ ।

निषेधाज्ञाको समयमा प्रहरी पनि जनतालाई चेकजाँच गर्दा र सम्झाउँदा आजित भैसकेको हामीले देखेका छौं । कोरोना रोक्ने जिम्मेवारी के प्रहरीको मात्र हो ? सजग त हामी आफै हुनुपर्ने होइन र ?

यता सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी भाद्र १३ गते देखि स्वास्थ्यका सावधानी अपनाएर वीरेन्द्रनगर खुला गरिने जनाउनुभएको छ ।