तपाईको माक्स खोई? (भिडियो सहित)


१ असोज, सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आजबाट “तपाईको माक्स खोइ” अभियान शुरु गरेको छ ।

“हर प्रहर, गाँउ र नगरी, टोल टोलमा नेपाल प्रहरी” नाराका साथ अभियान शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरिक्षक उदय सिंह सजापतिले जानकारी दिनुभयो ।

कोरोना भाइरस कोभिड १९ को संक्रमण न्यूनिकरण गर्नकालागि आजबाट कर्णाली प्रदेश भरी नै यो अभियान हामीले शुरु गरेका छौं ।  निरिक्षक सिजापतीले भन्नुभयो । हामी यो अभियान जिल्लाको विभिन्न ठाउँहरुमा गर्ने छौं ।

प्रदेश राजधानी वीरेन्द्रनगरको मंगलगढी चोकमा माक्स नलगाउनेहरुलाई ट्राफिक प्रहरीले माक्स वितरण गरेको थियो ।