
३० साउन, कालिकोट । अविरल बर्षाका कारण कालिकोट जिल्लाको महाबै गाँउपालिका ३ नकु गाँउमा पहिरो जाँदा एकै घरका ६ जनाको ज्यान गएको छ ।
गएराती करिब साढे १२ बजे तिर गएको पहिरोले गाँउपालिकाका वडा सदस्य रज बहादुर विष्टको घर पहिरोले पुरिदा उहाँका २ छोराहरु १३ बर्षका पुष्प विष्ट र ११ बर्षका प्रविन विष्ट, छोरीहरु १८ बर्षिय सविना विष्ट र १५ बर्षिय आशा विष्ट तथा उहाँका दाई दिलबहादुर विष्टका छोरीहरु १९ बर्षिय शान्ति विष्ट र १० बर्षिय रेखा विष्टको मृत्यु भएको बताइएको छ ।



Prawash Kumar Shakya । ३० श्रावण २०७७, शुक्रबार ०८:४० बजे